लण्डन । ब्राजिलमा भेटिएको नयाँ खालको कोरोना भाइरसको संक्रमणबाट बच्न बेलायतले पोर्चुगललगायत १५ वटा दक्षिण अमेरिकी मुलुकहरुबाट बेलायत प्रवेशमा रोक लगायतको छ ।
बेलायत सरकारले भोलि बिहान ४ बजेदेखि सो आकस्मिक निर्णय लागू हुने बताएको छ ।
सरकारका अनुसार भोलिदेखि ती देशहरुबाट बेलायतमा हवाइ यात्रा गर्न रोक लगाइएको छ । यसरी यात्रा प्रतिवन्ध लगाइएका मुलुकहरुमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, केपभर्ड,चिली, कोलम्बिया, इक्वेडोर, फ्रेन्च गायना, गायना, पनामा, सुरिनाम, पाराग्वे, पेरु, उरुग्वे र भेनेजुयला छन् ।
ब्राजिलसित बाक्लो सम्पर्क भएकाले पोर्चुगलबाट बेलायत प्रवेशमा पनि प्रतिबन्ध लगाउनु परेको बेलायतका यातायात मन्त्री ग्रान्ट सापले जानकारी दिएका छन् ।
ब्रिटिश तथा आइरिस नागरिकहरु, बेलायतको लामो समयको भिसा भएकाहरु, बेलायतका स्थायी बासिन्दाहरुलाई भने बेलायत आउन दिइने बताइएको छ तर उनीहरुले १० दिन आइसोलेसनमा बस्न पर्ने छ ।
यसैगरी पोर्चुगलबाट मालबाहक सवारीसाधन चलाएर आउनेहरुलाई पनि बेलायत आउन दिइनेछ । अत्यावश्यक खाद्य सामग्रीको आपूर्तिमा अवरोध नहोस् भनेर यसो गरिएको बताइएको छ ।
यस्तै दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको प्रकार बेलायतमा नभित्रियोस् भनेर नामिबिया, जिम्बाबे, बोत्स्वाना, इस्वाथिनी, जाम्बिया, मलाबी, लेसोथो, मोजाम्बिक, अङ्गोला, सेसेल्स र मरिससबाट बेलायत आउन पनि निषेध गरिएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]