लण्डन । बेलायतमा कोरोना भाइरसका कारण धेरै मानिसहरुको मृत्यु हुन थालेपछि उनीहरुको शव राख्नका लागि अस्थायी शव गृहहरु खोज्न थालिएको छ ।
स्थानीय अस्पतालहरुमा उपलब्ध शव गृहहरुमा स्थान अभाव भएपछि शव व्यवस्थापनका लागि अस्थायी संरचनाको व्यवस्था गरिएको हो ।
दक्षिणी लण्डनस्थित सरे काउन्टीमा ६०० वटा शव राख्न सक्ने क्षमता रहेकोमा स्थानीय अधिकारीहरुले अस्थायी शव गृहको प्रयोग गर्न थालेका छन् ।
सरे रिजिलेन्स फोरमका प्रवक्ताले मृत्यु भएका बिरामीहरुलाई अस्पतालको शैय्यामा राखिरहनु वा विदेशमा देखिएजस्तो करिडोरमा राख्नुभन्दा पूर्ववत् शव गृह भरिएकाले अस्थायी शवगृहमा राख्ने गरेको स्वीकार गरे । मृतकका आफन्तले अस्थायी शवगृहमा सम्पर्क गरी शव संकलन गर्न सक्ने बताए ।
अहिले लेदरहेडमा रहेको हेडली कोर्टमा १७० वटा शव राखिएको पनि प्रवक्ताले जानकारी दिएका छन् । सो शव गृहको कुल क्षमता ८४५ वटा शव राख्नसक्ने रहेको छ । ”अप्रिलदेखि जुनसम्मको १२ हप्तामा ७०० वटा शव राख्नु परेको थियो तर बितेको तीन सातामा मात्र ३३० वटा शव राख्नुपर्यो” उनले भने ।
उता यस्तै समस्या बेलायतको केन्ट लगायत अन्य स्थानमा पनि निम्तिएको बताइएको छ ।
यसअघि पहिलो वेभका बेलामा पनि गत वर्ष लण्डनमा अस्थायी शव गृहको व्यवस्था गरिएको थियो ।
बेलायतमा कोरोना संक्रमण भएको २८ दिनभित्रमा मृत्यु हुनेहरुको संख्या ८० हजार नाघिसकेको छ । कोरोनाका कारण धेरै मानिसहरु गुमाउने मुलुकमा बेलायत पाँचौँ मुलुक हो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]