लण्डन । बेलायतमा कोरोना भाइरसका कारण धेरै मानिसहरुको मृत्यु हुन थालेपछि उनीहरुको शव राख्नका लागि अस्थायी शव गृहहरु खोज्न थालिएको छ ।
स्थानीय अस्पतालहरुमा उपलब्ध शव गृहहरुमा स्थान अभाव भएपछि शव व्यवस्थापनका लागि अस्थायी संरचनाको व्यवस्था गरिएको हो ।
दक्षिणी लण्डनस्थित सरे काउन्टीमा ६०० वटा शव राख्न सक्ने क्षमता रहेकोमा स्थानीय अधिकारीहरुले अस्थायी शव गृहको प्रयोग गर्न थालेका छन् ।
सरे रिजिलेन्स फोरमका प्रवक्ताले मृत्यु भएका बिरामीहरुलाई अस्पतालको शैय्यामा राखिरहनु वा विदेशमा देखिएजस्तो करिडोरमा राख्नुभन्दा पूर्ववत् शव गृह भरिएकाले अस्थायी शवगृहमा राख्ने गरेको स्वीकार गरे । मृतकका आफन्तले अस्थायी शवगृहमा सम्पर्क गरी शव संकलन गर्न सक्ने बताए ।
अहिले लेदरहेडमा रहेको हेडली कोर्टमा १७० वटा शव राखिएको पनि प्रवक्ताले जानकारी दिएका छन् । सो शव गृहको कुल क्षमता ८४५ वटा शव राख्नसक्ने रहेको छ । ”अप्रिलदेखि जुनसम्मको १२ हप्तामा ७०० वटा शव राख्नु परेको थियो तर बितेको तीन सातामा मात्र ३३० वटा शव राख्नुपर्यो” उनले भने ।
उता यस्तै समस्या बेलायतको केन्ट लगायत अन्य स्थानमा पनि निम्तिएको बताइएको छ ।
यसअघि पहिलो वेभका बेलामा पनि गत वर्ष लण्डनमा अस्थायी शव गृहको व्यवस्था गरिएको थियो ।
बेलायतमा कोरोना संक्रमण भएको २८ दिनभित्रमा मृत्यु हुनेहरुको संख्या ८० हजार नाघिसकेको छ । कोरोनाका कारण धेरै मानिसहरु गुमाउने मुलुकमा बेलायत पाँचौँ मुलुक हो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त