लण्डन । बेलायतमा आजदेखि ठूलो संख्यामा कोरोनाविरुद्ध खोप दिन शुरु गरिएको छ ।
सरकारले देशका विभिन्न सात स्थानबाट वृद्धवृद्धा तथा स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत मानिसहरुलाई सो खोप दिन शुरु गरेको हो ।
आजदेखि लण्डन, ब्रिस्टोल, सरे, न्युक्यासल,म्यानचेष्टर, स्टेभेनेज र बर्मिङहाममा एकै स्थानबाट ठूलो संख्यामा खोप दिन शुरु गरिएको छ । ती सेन्टरहरुमा एक मिनेटमा चार जनालाई खोप दिने क्षमता रहेको बताइएको छ ।
सरकारले ठूलो संख्यामा खोप दिन आगामी साता थप केन्द्रहरु खोल्ने बताएको छ ।
सरकारले अहिलेको लकडाउन (फेब्रुअरी दोस्रो सातासम्म)को अवधिमै खोप पाउनुपर्ने प्राथमिकताको उच्च चार समूहमा रहेका करिब १ करोड ३० लाख मानिसहरुलाई कोरोनाको खोप दिने लक्ष्य राखेको छ । यसैगरी आगामी सेप्टेम्बरभित्रमा सबै मानिसहरुलाई खोप दिइसक्ने सरकारको योजना रहेको स्वास्थ्य मन्त्री म्याट ह्यानककले आइतबार बताएका छन् ।
बेलायतका करिब १ हजार २०० जीपी, अस्पतालबाट यसअघि नै खोप दिइँदै आएकोमा अब फार्मेसीबाट पनि खोप दिन शुरु गरिँदै छ ।
बेलायतका खोप मन्त्री नदिम जाहावीले अहिले दैनिक २ लाख मानिसहरुलाई खोप दिन शुरु गरिएको बताएका छन् ।
हालसम्म युकेको कुल जनसंख्याको २.४ प्रतिशतले मात्र खोपको पहिलो मात्रा पाएको तथ्यांकले देखाएको छ जबकि बेलायतभन्दा पछि खोप दिन शुरु गरेको इजरायलले करिब १५ प्रतिशत जनसंख्यालाई खोप दिएको दाबी गरेको छ ।
बेलायतमा कोरोना भाइरसका कारण ८१ हजार मानिसको ज्यान गइसकेको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त