संयुक्त राष्ट्र संघ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण विश्वमा महिलाविरुद्धको लैङ्गिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार बताएका छन् ।
कोभिड–१९ का कारण विश्वका सबै स्थानमा महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको राष्ट्रसंघीय लागुऔषध तथा अपराधबारे अनुसन्धान गर्ने राष्ट्रसंघीय कार्यालय (यूनओडिसी) को अध्ययनले देखाएको छ, संस्थाका कार्यकारी निर्देशक घाडा वालाईले बताउनुभयो ।
संस्थाको प्रत्यक्ष भिडियो सम्मेलनमार्फत् महिला र बालबालिकाविरुद्धको प्रतिवद्धता नामक एक कार्यक्रममा उहाँले भन्नुभयो, “महामारीका कारण आपराधिक मुद्दाविरुद्धका गतिविधि अवरुद्ध बनेको र पीडितलाई हुने सहयोगमा कमी भएको कारण महिला तथा बालबालिकाविरुद्धको लैंगिक हिंसाका घटना बढेको पाइएको छ ।”
महामारी पहिले पनि महिला तथा बालिकाविरुद्ध विभिन्न खालका हिंसा हुनुपरेको स्मरण गर्दै उहाँले महामारीपछि यसमा ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको यूनओडिसीका बालाईले भन्नुभयो ।
कोभिड–१९ महामारीका समय लकडाउन र अन्य उपायहरूका कारण लैंगिक हिंसामा प्रचुर मात्रामा प्रभाव परेको यूएनओडीसीले जनाएको छ ।
राष्ट्रसंघीय महिला कार्यकारी निर्देशक फुम्जिले एमलाम्बोएनगुकाले सङ्क्रमणमा परी जीवन जोगाउन सफल अधिकांश (करिब ८० प्रतिशत) महिलाले यौनहिंसाको शिकार बन्नुपरेको बताउनुभयो ।
सामाजिक तथा आर्थिक अवस्थाका कारण पनि उनीहरूले ती अपराधको सामना गर्नुपरेको तर महामारीको समयमा उनीहरूमा सामाजिक तथा आर्थिक असर अझ जटिल बनेको े एमलाम्बोएनगुकाले बताउनुभयो ।
कोभिड–१९ का कारण थप ७० लाख महिला तथा किशोरीहरूमा जटिल खालको गरिबीतर्फ धकेलेको र महिला तथा बालबालिका बेचबिखन मौलाएको उहाँको दावी थियो ।
अप्रिलमा संयुक्त राष्ट्रसंघका महासचिब एन्टिनियो गुटेर्रेसले विश्वव्यापी घरेलु हिंसा ‘रोक्न’ महिलाको सुरक्षालाई प्राथमिकता दिन आग्रहसमेत गर्नुपरेको थियो ।
अहिलेसम्म झण्डै १५० राष्ट्रले महासचिव गुटेर्रेसको आग्रहलाई सम्मान गर्दै सङ्क्रमित महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेको बताइएको छ । यसलाई यूएनओडीसी, राष्ट्रसंघीय महिला एकाइ र अन्य सहयोगीले पनि पालना गरेका बताइएको छ ।
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]