स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।
सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड २३ लाख ७५ हजार ३७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६२ हजार ८०५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४५ लाख ४४ हजार २५४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५४ हजार ८९२ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ५९ लाख २० हजार ३५३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २९ हजार ८८७ जनाको मृत्यु भएको छ ।
युरोपमा २९ लाख ९० हजार २३३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ३९० को मृत्यु भएको छ ।
एसिया ४७ लाख ८६ हजार ९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ५ हजार ३४८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा दश लाख ११ हजार ८७६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ११४ जनाको मृत्यु भएको छ ।
ओसियानामा २२ हजार ११५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९२ जनाको मृत्यु भएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार