लण्डन । समाजसेवी नारायण काेन्मे गुरुङको बेलायतमा निधन भएको छ ।
उनका नातेदार सहारा युकेका उपाध्यक्ष लेफ्टिनेण्ट कुसाङकुमार गुरुङका अनुसार सोमबार अपराह्न उनको ननिटनको जर्ज इलियट अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि रुघाखोकीबाट ग्रसित रहेको जानकारी पाएको उपाध्यक्ष गुरुङले बताए । उनलाई पछिल्लो समय आइसियुमा राखिएकोमा सोमबार दिउँसो चिकित्सकले मृत घोषणा गरेका हुन्।
पर्वत चारभन्ज्याङ ठानामौलामा गाविस वडा नम्बर ३ मा जन्मेका काेन्मे कक्षा ८ सम्मको अध्ययनपछि बेलायती सेनामा भर्ती भएका थिए । बोर्नियोको लडाइँमा उनले भाग लिएका थिए । तत्पश्चात नाम काटेर नेपाल फर्की अध्ययन अध्यापनमा लागेका थिए ।
स्वदेश फर्केपछि उनी चितवन हाई स्कुलमा नौ कक्षामा भर्ना भएका थिए । वि.सं २०२७ सालमा एसएलसी उतिर्ण भएपछि पृथ्वी नारायण क्याम्पस पोखराबाट आइएड र बीएड गरेपछि उनले त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट स्नातकोत्तर गरे । तत्पश्चात स्थानीय विकास मन्त्रालयमा सेक्सन अफिसर भई सात वर्षसम्म सेवा गरेका थिए ।
कोन्मेको अगुवाईमा २०५८ सालमा चार भन्ज्याङ तमु समाज काठमाण्डौको स्थापना गरिएको थियो । कोन्मेले कृष्ण प्राईमरी स्कुल ठानामौला खाल्टे, अमरसिंह माध्यमिक विद्यालय पोखरा, फेदिखोला माध्यमिक विद्यालय फेदीखोलाको शिक्षक रहेर शिक्षा सेवा गरेका थिए ।
कोन्मेले तमु धिं नेपालको संस्थापक, चारभन्ज्याङ तमु समाज काठमाण्डौको संस्थापक, तमु बौद्ध सेवा समिति काठमाण्डौ केन्द्रीय सदस्य, तमु समाज बेल्जियमको सल्लाहकार रहेर काम गरिसकेका थिए । यस्तै, तमुधिँ युकेका आजीवन तथा सल्लाहकार, चार भन्ज्याङ तमु समाज युकेका संरक्षक, नेपलिज ब्याडमिण्टन एसोसिएसनका संस्थापक सल्लाहकार, ननिटन नेपलिज ब्याडमिण्टन क्लवका सल्लाहकार र पर्वत वेलफेयर सोसाइटी युकेका सल्लाहकार रहेका थिए ।
कोन्मे पछिल्लो समय बेलायतमा बसोबास गर्दै आएका थिए । उनी बेलायतको अल्डरसटमा बस्दथे भने उनको परिवार ननिटनमा थियो ।
उनको ब्याडमिण्टन खेलमा असाध्यै रुचि थियो ।
उनकाे श्रीमती १ छोरी, दुई छोरा छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]