
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेका नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरु । तस्वीर सौजन्य – प्रधानमन्त्रीको सचिवालय-रासस
काठमाडौँ, २३ असार – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी सचिवालयको बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा परिमार्जनसहित नियमावलीलाई यही २५ गते भित्रमा अन्तिम रुप दिन कार्यदल गठन गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
नेकपाका नेता बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहनुभएको कार्यदलले तयार गरेको नियमावलीलाई आगामी मंगलबार बस्ने बैठकमा प्रस्तुत गरिने र बैठकले अनुमोदन गरेपछि प्रकाशनका लागि पठाइने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
‘बिहीबार बसेको पार्टीको स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको थियो, अब मंगलबार बस्ने पार्टी सचिवालयको बैठकले वर्तमान समसामयिक राजनीतिक परिस्थितिको बारेमा समेत छलफल गनेछ’–उहाँले भन्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश