
लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले विधान संयोजन समिति पुनर्गठन, सल्लाहकार थप लगायत निर्णय गरेको छ ।
११ मे सोमबार नर्दन आयरल्यान्डको बेलफास्टमा बसेको कार्यसमितिको पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकले काउन्सिलर जीत रानाभाट, रामचन्द्र गुरुङ, विकास चुडाल, पत्रकार भगीरथ योगी, काशीराम भन्डारी, नारायण फुयाल, श्याम खत्री, शंकर भन्डारी, सूर्य पौडेल, गोविन्द खराल, सचिन श्रेष्ठ, विनोद ज्ञवाली, देउमान ईजम, ज्ञानेन्द्र आले र कुमार केसीलाई सल्लाहकारमा मनोनीत गरेको छ ।
यसै गरी बैठकले विधान संयोजन समिति पुनर्गठन गर्दै उपाध्यक्ष उज्जवल कार्कीलाई संयोजकमा मनोनयन गरेको छ। समितिको सह-संयोजकमा कृष्ण भन्डारी र सदस्यहरुमा बिदुर खत्री, डा विकास रानाभाट, शेरबहादुर केसी, राममाया विष्ट, पुर्नेश्वर कँडेल, माधव भण्डारी र दीपक गैरेलाई मनोनयन गरेको प्रवक्ता श्याम लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमितिको रिक्त एक पदमा शिव खराल (वेल्भरहम्टन) लाई मनोनित गरिएको छ ।

विद्यार्थी, वेलफेयर, कम्युनिटी संलग्नताको जिम्मेदारी विद्यार्थी विभाग प्रमुख विष्णुभक्त भट्टराईलाई दिइएको छ भने एक एनसीसी एक परियोजना समितिमा लीलाराम निउरे, रामप्रसाद कँडेल, कृष्ण भण्डारी, गौतम राई, कृष्ण देवकोटा र सरोज थापालाई थप गरिएको छ। ‘एक एनसीसी एक परियोजना समिति’का संयोजकमा भने अध्यक्ष राजेन्द्र पुडासैनी रहनुभएको छ ।
त्यस्तै खेलकुद विभागको सदस्यमा राम श्रेष्ठ, गौतम राई, विद्यार्थी विभागको सदस्यमा किरण कँडेल (नर्दर्न आयरल्यान्ड) लाई मनोनयन गरेको छ।
अध्यक्ष पुडासैनीले बैठक आयोजना गर्न खट्ने एनआरएनए यूके राज्य समन्वय परिषद् आयरल्यान्ड टिमलाई बधाई दिनुभएको थियो ।
‘चारै राज्य परिषद्का प्रतिनिधिहरूको सहभागितामा उत्तरी आयरल्याण्डमा विशेष एनआरएनए युके बैठक र अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रम धेरै महत्त्वपूर्ण र रचनात्मक निर्णयहरूसहित सम्पन्न भयो,’अध्यक्ष पुडासैनीले फेसबुकमा लेख्नुभएको छ, ‘एनआरएनए युके राज्य समन्वय परिषद् उत्तरी आयरल्याण्डका अध्यक्ष पूर्णेश्वर कँडेल, एनआरएनए युकेका उपाध्यक्ष लीलाराम नेउरे र सम्पूर्ण आयोजक टोलीलाई उत्कृष्ट समन्वय र न्यानो आतिथ्यको लागि हार्दिक धन्यवाद ।’
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
नेपालको समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, को को छन् ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस
पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाली कांग्रेस नेतासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित