लन्डन । ब्रसेल्समा बिहीबार सम्पन्न पांचौ चरणको ब्रेक्जिट वार्तामा बेलायत र ईयूबीच ठोस सहमति हुन सकेन । दुवै पक्षले एक अर्कामाथि आरोप प्रत्यारोप लगाउन मै सिमित भयो वार्ता ।
ईयूले बेलायतले आफ्नो वित्तीय उत्तरदायित्वमा उदासीनता देखाएको, बेलायतमा बसेका ईयू नागरिकहरुको कानुनी प्रत्याभूति नगरेको, उत्तरी आयरल्याण्ड बोर्डरको भविष्यबारे स्पष्ट नीति नबनाएको आरोप लगाएको छ भने बेलायतले ईयूले सधैं चाहिनेभन्दा बढि पारपाचुके शुल्क मागी ब्रेक्जिट वार्तामा असहयोग गर्दै आएको बताएको छ ।
बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट वार्तामा प्रगति नभए बिना समझदारी ईयू छोड्न सकिने बताएकी छिन् । ईयूले भने सम्बन्ध विच्छेदको कुरा मिलेपछि मात्र ब्यापार लगायत भविष्यको सम्बन्धबारे बेलायतसंग वार्ता गर्न सकिने बताउंदै आएको छ ।
प्राय हरेक दिन बेलायतको राजनीतिक वृत्तमा चर्चा हुने ब्रेक्जिटले बेलायतभित्र चर्को मत मतान्तर बढ्ने क्रम जारी छ । बेलायतको मन्त्रिपरिषदमा समेत विमतिका असंख्य कुरा बाहिर आएका छन् । ईयूका कट्टर आलोचक परराष्ट्रमन्त्री बोरिस जोन्सन र ईयूका समर्थक अर्थमन्त्री फिलिप हयामण्डले प्रधानमन्त्री मेलाई ब्रेक्जिट मामलामा असहयोग गरिरहेका जनाइएको छ ।
ईयूबाट बिना सम्झौता बेलायत निस्कनु परेको अवस्थामा बेलायतलाई पर्न सक्ने नोक्सान मध्यनजर गर्दै आर्थिक योजना बनाउनुपर्ने भन्ने प्रधानमन्त्री मेको अवधारणालाई अर्थमन्त्रीले बेवास्ता गरेका छन् ।
गत वर्ष जुनमा भएको जनमत संग्रहमा वहुमत बेलायतका जनताले ईयूबाट छोड्ने पक्षमा मत हालेका थिए । ईयूको लिस्बन सन्धिको धारा ५० अनुरुप युरोपियन युनियनसंगको सम्बन्ध विच्छेद गर्ने वार्तामा सोचे अनुरुप प्रगति हुन सकिरहेको छैन् । आर्टिकल ५० अनुरुप बेलायत ईयूको सदस्यबाट मार्च २०१९ देखि बाहिरिने छ ।
बेलायतको ईयू बहिर्गमन (ब्रेक्जिट) मुद्दामा खासगरि सम्बन्ध विच्छेद, व्यापारिक सम्झौता र संक्रमणकालीन सहमति विषयमा राजनीतिक झमेला भइरहेको ब्रेक्जिटका जानकार अर्थ व्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य बताउंछन् । बेलायतको ईयूप्रतिको उत्तरदायित्व, पेन्सन तथा अन्य फर्छयौटका लागि करिब ५० अर्ब पाउन्डसम्म तिर्नुपर्ने आचार्यले बताए ।
सन् १९७५ मा भएको जनमत संग्रहमा ६७ प्रतिशत भन्दा बढि बेलायतीले युरोपियन युनियनको सदस्यता हुन भोट हाले देखि भएको ईयूको ४० वर्ष भन्दा लामो सम्बन्ध विच्छेद हुने प्रक्रियामा छ । अर्थतन्त्र, रोजगार, कानुन, आप्रवासी, ब्यापार, सुरक्षा लगायत घनिष्टता रहेको बेलायतमा ईयू बहिर्गमन कुन हिसाबले हुने हो भन्नेमा चर्को विवाद रहंदै आएको छ । बेलायतमा करिब तीस लाख युरोपियन युनियन देशका मानिस बसोबास गरेका छन् । त्यस्तै करिब १२ लाख बेलायती ईयूभित्र बसेको तथ्यांक छ ।
आयात र निर्यात गरि करिब ५० प्रतिशत व्यापार बेलायतको हुने युरोपियन युनियनसंग के कस्तो व्यापारिक सम्झौता हुने हो भन्ने कौतुहलता छ । लगानीकर्ताहरुमाझ बेलायतले कुन शर्तमा छोड्ने हो भन्ने सन्त्रासबीच पाउन्ड स्टर्लिङको भाउ अस्थिर छ ।
करिब ५० करोड जनसंख्या रहेको ईयू कमन मार्केटबाट बाहिर आए बेलायतको व्यापारमा असर गर्ने ब्यवसायीले बताउंदै आएका छन् । ईयू बहिर्गमन सम्झौता गर्दा ईयूको फ्री मुभमेन्ट अन्त्य गरी संसारभर ब्यापार सन्धि गर्ने भन्ने बेलायत सरकारको नीति रहेको प्रधानमन्त्री मेले बताउंदै आएकी छिन् । सत्तारुढ दल कन्जरभेटिभ पार्टीसंग बेलायतको संसदमा स्पष्ट वहुमत नभएकाले विभाजित बेलायती समाजमा आफ्नो नीतिमा अडिग रहन प्रधानमन्त्री मेलाई ब्रेक्जिट वार्तामा सहज छैन् ।
ईयूले कमन मार्केटमा रहन फ्री मुभमेन्ट स्वीकार गर्नु अपरिहार्य भएको बताउंदै आएको छ । फ्री मुभमेन्टका कारण सन् २००४ पछि ईयूका करिब १५ लाख आप्रवासी बेलायत आए देखि बेलायती जनमानसमा यसको आक्रोश बढेर ईयू विरोधीहरुले जनमत संग्रह जितेको विश्वास छ ।
कमन मार्केट छोडेपछि ईयूको कमन भन्सार संघ पनि छोड्नुपर्ने हुन्छ । बेलायतले उपयुक्त सम्झौता नगरे ईयूसंग भन्सार शुल्क तिर्नुपर्ने हुनसक्छ । यसका कारण अर्थतन्त्रमा प्रतिकुल असर पर्ने ब्यवसायीहरुको चिन्ता छ । इकान्तिपुर
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता