क्यासिनोमा बन्दुकधारीले गरेको आगजनीमा ३६ को मृत्यु

घट्नापछि प्रहरी उपस्थिति बाक्लो बनाइएको छ । तस्विरः एपी

मनिला, १९ जेठ । फिलिपिन्सको राजधानी मनिला अवस्थित होटलको क्यासिनो कक्षमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ को मृत्यु भएको छ । यस घटनामा अन्य दर्जनौँ घाइते भएका प्रहरी स्रोतले जनाकारी दिएको छ ।

बिहीबार मध्यराति एक बन्दुकधारीले गरेको यस आक्रमणमा परी आक्रमणकारी स्वयम्लगायत ३६ जनाको मृत्यु भएको हो । आगजनी र गोलीसमेत प्रहार गरी ३६ जनाको हत्या गरेपछि उनी स्वयम्ले आमहत्या गरेका थिए ।

यस आगजनीको पाँच घन्टापछि आक्रमणकारी स्वयम्ले आत्मदाह गरेका र ती बन्दुकधारी आगजनीको क्रममा एम ४ राइफल र पेस्ट्रोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन् । फिलिपिन्सको सुरक्षा अधिकारीहरुले यो घटना आतङककारीहरुले गराएको नभई ‘सन्काह’ व्यक्तिले गराएको बताएका छन् ।

“क्यासिनोको दोस्रो तलाको भित्री भागमा केही शवहरु भेटिएका थिए भने, अन्य केही शवहरु होटेलको आराम कक्षमा भेटिएका दक्षिणी जिल्लाका प्रहरी प्रमुख टोमस अपोलिनारिओले बताउनुभएको छ ।

हाल होटेल प्रहरीको कडा निगरानीमा रहेको त्यहाँ कसैलाई पनि जान नदिइएको टोमसले बताउनुभएको छ । ‘घटनाका बारेमा अनुसन्धान भइरहेको छ, शङ्कास्प्रद व्यक्तिहरुको पहिचान भइसकेको छ’, उहाँले थप जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री