लण्डन । मगर संघ युकेको आयोजनामा यही जुन ३ मा हुन गइरहेको नेपाल ओपन कन्सर्टमा भाग लिन झलक दिखला जा र डान्स इण्डिया डान्सकी विजेता टेरिजा फौजामगर युके आउने भएकी छिन् ।
कन्सर्टका बारेमा जानकारी दिन शनिबार अल्डरसटमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । कार्यक्रममा नेपालबाट आएका लाेक तथा अाधुनिक गीत गायन राष्ट्रिय कलाकारहरुको पनि सहभागिता रहने छ ।
यसपटकको ओपन कन्सर्ट फार्नब्रो फुटबल क्लवको मैदानमा हुने भएको छ । सो स्थान पहिले कन्सर्ट हुने स्थानहरुभन्दा सुरक्षित र धेरै क्षमताको भएको आयोजकहरुले बताए ।
यसपटकको कन्सर्टमा बालबालिकाहरुका लागि बन्जी क्यासल, फेस पेन्टिङ, आइसक्रिम र अन्य रोचक खेलहरु रहने संयोजक योगकुमार फगामीले बताए । उनले बेलुका ६ बजेदेखि युवा र किशोरहरुका लागि कन्सर्ट राखिएको पनि जानकारी दिए ।
कन्सर्टको टिकट दर १० पाउण्ड राखिएको छ । साथै यस वर्षदेखि मगर संघबाहेक अन्य संस्थाबाट पनि मनोरञ्जनात्मक प्रस्तुतिहरु समावेश गरिने बताइएको छ ।
‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने नारा सो कन्सर्टको रहेको छ । मगर संघ युकेले २००७ देखि ओपन कन्सर्ट गर्दै आइरहेको छ ।
फार्नब्रो फुटबल क्लवको मैदानमा मौसम प्रतिकूल भए पनि पानीबाट ओत लाग्ने प्रशस्त ठाउँ भएको र सुरक्षा व्यवस्था कडा राखिएकाले निश्चित भएर मनाेरन्जन लिन आयोजकले आश्वस्त पारेका छन् ।
मगर संघ युकेका अध्यक्ष नेम थापामगरको अध्यक्षतामा भएको सो पत्रका सम्मेलनको संचालन महासचिव लालबहादुर पुन मगरले, प्रेस विज्ञप्ति वाचन उपाध्यक्ष सीता पुनमगरले गरेका थिए भने पत्रकारहरुको प्रश्नको जवाफ कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीले गरेका थिए ।
पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरु, सल्लाहकारहरु, शाखाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । यसैगरी, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, कोषाध्यक्ष पूर्ण गुरुङ, फोटोपत्रकार मलन तमु, एभरेष्ट टाइम्सडटनेटका एसके गुरुङ, नेपालीपत्र र सीतलपाटी डटकमका वाचस्पति रेग्मी, बीबीएम टिभीका विसन गुरुङ लगायतका पत्रकारहरुको उपस्थिति थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग