लन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले आफ्नो स्थापनाको सातौं वार्षिकोत्सब तथा साधारणसभा गर्दै नयां कार्यसमिति चुनेको छ । ५ मार्च २०१७ आइतबारहिमालयन क्लव, लन्डन सडबरीमा सम्पन्न साधारणसभाले मिलन घिमिरेको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाले सचिवमा चुरामणी रेग्मी, कोषाध्यक्ष ऋषि खनाल र सदस्यहरूमा समिर नाथ प्याकुरेल, राजेन्द्र ओझा, लेखनाथ घिमिरे, वसन्त नेपाल, राम सुन्दर शाह, खेमराज जोशी, हरिभक्त न्यौपाने, भगवती रानाभाट, मुना पौडेल, अन्जु सिग्देल, किरण अधिकारी, प्रभु न्यौपाने, सुमन गुरुङ, प्रसुन राना, सन्जिव घिमिरे र रामु पाण्डेलाई चयन गरेको छ ।
कार्यसमिति चयन पश्चात बसेको पहिलो बैठकले संस्थाको सल्लाहकारहरुमा कुल आचार्य, कमल पौडेल, गंगाबहादुर राना, कमलराज खनाल, कृष्ण तिमिल्सेना, रामशरण सिम्खडा, विज्ञान प्रसाईं, राजकुमार त्रिपाठी, महेशकुमार दाहाल, बासु लामिछाने, र गोपाल आलेलाई चयन गरेको छ ।
उक्त कार्यक्रम वार्षिक साधारण सभा तथा स्थापना दिवस गरि दुई चरणमा विभाजित गरिएको थियो । कार्यक्रका प्रमुख अतिथि एनआरएनए युरोप कोअर्डिनेटर तथा संस्थाका सल्लाहकार कुल आचार्य, संस्थापक कोअर्डिनेटर कमल पौडेल, पूर्व कोअर्डिनेटर गंगाबहादुर राना, सल्लाहकारहरू विज्ञान प्रसाईं, रामशरण सिम्खडा तथा महिला प्रतिनिधि भगवती रानाभाटले संस्थाले गरेका सामाजिक, मानवीय, भाषा संस्कृतिको जगेर्ना र मनोरन्जनात्मक जस्ता राम्रा कामको चर्चा गर्दै संस्था बेलायतमा नमुनाका रूपमा स्थापित भएको दावी गरे ।
कोअर्डिनेटर कमलराज खनालको सभापतित्वमा भएको कार्यक्रममा सदस्य समिरनाथ प्याकुरेलले स्वागत मन्तव्य दिए भने कार्यक्रम सञ्चालन सचिव मिलन घिमिरेले गरेका थिए ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]