लण्डन । चित्रकला र कवितामा कलम चलाउँदै आएका स्वर्गीय अर्जुन खालिङको कविता संग्रह ‘गोयाङको सुगन्ध’ लाई २ लाख २ हजार २ रुपैयाँ राशीको “पहिचान पुरस्कार” प्रदान गरिने भएको छ ।
पहिचान पुरस्कार कोषका तर्फबाट काङमाङ नरेश राईले एक प्रेस वक्तब्य गर्दै सो जानकारी दिएका छन् ।
वि.सं. २०३३ साल भदौ २५ गते सोलुखुम्बुको जुभिङ गाविसमा जन्मिएका कवि तथा कलाकार खालिङको केही साताअघि मात्र निधन भएको थियो ।
२०५८ सालमा स्नातक तहको फाईन–आर्ट विषयमा उनी गोल्डमेडल विजेता थिए । खालिङका दुईवटा कविता संग्रह ‘सूर्य निरन्तर डडिरहेछ’ र ‘गोयाङको सुगन्ध’ प्रकाशित छन् । उनले चिण्डो बुक्स्, चिण्डो फेशनका प्रमुख र किरात राई लेखक संघमा अध्यक्षको कार्यभार सम्हालिसकेका थिए । कला, साहित्य र सामाजिक सेवामा निरन्तर काम गरिरहेका खालिङले किरात राईको मुन्धुमी कथाका एक पात्र हेत्छाकुप्पा/रैछाकुले/ खोक्चिलीपाको चित्र कोरेका थिए । ती चित्रहरुलाई खोटाङमा रहेको तायाचुङ जायाजुङ डाँडामा किरात राई यायोक्खाले प्रतिमाको रुपमा राख्ने भएको छ ।
खालिङका कविता संग्रह “गोयाङको सुगन्ध” ले पहिचान प्रात्तीको लागि संघर्ष गरेको बक्तब्यमा बताइएको छ । उनी स्वयम पहिचान प्राप्तिको लागि हरेक क्षेत्रबाट निरन्तर संघर्ष गरिरहेकाले उनलाई पहिचान पुरस्कार प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।
लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्तता दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचान सम्बन्धमा लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो ।
नेपाली साहित्यको श्रीबृद्धिको लागि पहिचान सम्बन्धि अध्यान अनुसन्धान हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउँदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै, नयाँ बहुल समाज निर्माणको लागि पहिचान पुरस्कारको स्थापना गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।
पुरस्कारको राशी २ लाख २ हजार २ रुपैयाँ रहेकाे छ । पाँच/पाँच jर्षमा पुरस्कारकाे राशी बढाउँदै लगिने कोषले बताएकाे छ ।
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित