
लन्डन । लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोल आफ्नो चार वर्षे कार्यकाल सकेर भोलि बिहीबार नेपाल फर्कंदैछन् । नेपाल फर्कनु अघि दूतावास कर्मचारीहरुले मंगलबार डंगोलको विदाइ गरेका छन् ।
उक्त अवसरमा कार्यवहाक राजदूत शरदराज आरन र सैनिक सहचारी
प्रदीपजंग केसीले डंगोललाई मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अरु सफलता मिलोस् भन्ने कामना गरे । दूतावासमा रहंदा डंगोलले
आफ्नो जिम्मेवारी वहनमा कुनै कमी हुन नदिएको भन्दै उनीहरुले कामको प्रशंसा समेत गरेका थिए ।
डंगोलले चार वर्ष अवधिमा दूतावासबाट प्राप्त सहयोग र साथप्रति कृतज्ञता व्यक्त गरे ।
मिलनसार र कामप्रति बफादार डंगोल बेलायतको नेपाली समुदायमा राम्रो छाप छाडेर जांदैछन् । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को समयसीमा होस् वा बेलायतका विभिन्न शहरमा एमआरपी फाराम लिन घरदैलो कार्यक्रम, भीडमा काम गर्न उनी कहिल्यै विचलित भएनन् । कामको अत्यधिक चापमा पनि उनी कसैको काममा नाइ भन्न सक्दैनथे ।
डंगोलले वीनेपालीसंग कुरा गर्दै बेलायतबाट आफूले धेरै सिकेको र आफ्नो कामबाट सन्तुष्ट रहेको बताए । उनले बेलायतस्थित नेपाली समुदायबाट अत्यधिक माया पाएको बताउंदै दूतावासका अन्य कर्मचारीहरुले पनि उस्तै सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
वि.स. २०३८ सालमा परराष्ट्र सेवा प्रवेश गरेका डंगोल नेपाल पुगेको तीन दिनपछि अवकास लिंदैछन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न