उजाड छन् बिहानीहरु पतझड उराठ पनि
बेमौसमी बादल झैँ दिनहरू अनि
बतासिएको जीवन टुटेका भाग्यहरु
धेरै धेरै सपना बिरानो सडकहरु
उजाड छन् बिहानीहरु पतझड उराठ पनि
बेमौसमी बादल झैँ दिनहरू अनि
सांचेर पीडाका आंशुहरु गहभरी पनि
लिएर भक्कानो मुटुमा जीइ रहेछु अनि
हांसोहरुमा हराएका यी आंसुहरु
विगतका यथार्थमा खोजेको भाविष्यहरु
उजाड छन् बिहानीहरु पतझड उराठ पनि
बेमौसमी बादल झैँ दिनहरू अनि
मौनताहरुमा मैले गाएको गीतहरु पनि
आफ्नै शब्दहरुमा बिथोलिएको म अनि
बितेका कुराहरुले सोधेका भाविष्यहरु
यसैगरि बितेका जीवनका अनमोल पलहरु
उजाड छन् बिहानीहरु पतझड उराठ पनि
बेमौसमी बादल झैँ दिनहरू अनि
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत