सदैव तन्नेरी राख्ने पुस्तक

Sadhain Tanneri - Book Cover Image

काठमाडौं । बुढेसकाल सबैले भोग्नुपर्ने भए पनि यस सम्वन्धि पूर्वतयारी र चिन्तन कमैले गर्ने गरेका छन् । यसै सिलसिलामा स्वस्थस्वाधिनसक्रिय र उत्पादनशील वृद्धावस्थाका निम्ति मार्गनिर्देशन गर्ने पुस्तक सँधै तन्नेरी शनिबारदेखि पाठकसमक्ष प्रस्तुत भएको छ ।

कालिकास्थानस्थित पब्लिकेशन नेपालयमा लेखक जीवन प्रसाईंले तीर्थबहादुर श्रेष्ठ र सत्यमोहन जोशीलाई पुस्तक प्रदान गरेर पुस्तक विमोचन गरिएको थियो । 

आख्यान र गैरआख्यानका कृतिहरु पस्कँदै आएको पब्लिकेशन नेपालयले गत वर्ष पहिलोपटक दैनिक जीवनमा उपयोगी पुस्तकका रुपमा जीवन जिउने काइदा’ प्रस्तुत गरेको थियो । त्यसैका लेखक प्रसाईंले दोश्रो पुस्तकका रुपमा यसलाई तयार पारेका हुन् ।

त्यसअघि संगीतकार आभाषले यसका लेखक एवं वरिष्ठ बुद्धिजीवी तीर्थ श्रेष्ठसँग पुस्तककै विषयमा साक्षात्कार गरेका थिए । 

कवि शिरोमणिले एउटा कवितामा योग्य पुस्तकको उल्लेख गर्नुभएको थियो,’ श्रेष्ठले भने, ‘जीवनमा आयु होइन आयुमा जीवन थप्नुपर्छ भन्ने सुझाव बोकेको यो पुस्तक नै कविले उल्लेख गर्नुभएको योग्य पुस्तक हो भन्ने मलाइ लागेको छ ।

पुरानो हिन्दी गीतमा बुढापा देखकर रोया’ भनेर सुन्दै आएका मानिसहरु विचलित भए पनि यो पुस्तकले बुढेसकाल पछुताउने विषय होइन भन्ने जानकारी दिएको श्रेष्ठले थपे । 

 जीवन जिउने काइदा ले सरल उपायहरुबाटै कसरी स्वस्थ र दीर्घायु बन्न सकिन्छ भनेर पाठकलाई जानकारी दिएको थियो भने सँधै तन्नेरीले ढल्कँदो उमेरमा पनि उत्तिकै सक्रिय र सिर्जनशिल रहन खानपानदेखि लिएर जीवनशैलीसम्मका तौरतरिका सिकाउनेछ  ।

जीवनको एउटा चरण पार गरिसकेपछि मानिसले सामना गर्ने रोगव्याधिदेखि विभिन्न अवस्थाहरुको उल्लेख गर्दै त्यसलाई सहज किसिमले कसरी व्यवस्थापन गर्ने भन्ने जानकारी विभिन्न वैज्ञानिक अनुसन्धानका आधारहरुबाट प्रस्तुत गरिएको छ । 

अघिल्लो पुस्तकमा जस्तै लेखक प्रसाईंले यसमा पनि जीवनशैलीलाई उच्च प्राथमिकता दिने पूर्वीय दर्शन र उपचारमा केन्द्रित पश्चिमी आधुनिक विज्ञानका बीच सेतू उभ्याउने काम गरेका छन् ।

कार्यक्रममा बोल्दै ९७ वर्षीय सँस्कृतिविद् सत्यमोहन जोशीले खानपान मात्र नभइ सन्तुष्टी पनि स्वस्थ दीर्घायुको महत्वपूर्ण पक्ष रहेको उल्लेख गरे । पूर्वीय जीवन पद्दतीसँग खानेकुरा मात्र नभइ अन्य पनि निकै महत्वपूर्ण पक्षहरु रहेको र त्यसलाई समेट्नु जरुरी छ भन्दै जोशीले लेखक प्रसाईंजस्तै अनुसन्धाताले यो कुरा पनि उल्लेख गरिदिए त्यसले हाम्रा बारेमा विश्वभरि समझ विकास गर्न सघाउ पुग्ने बताए ।

लेखक जीवन प्रसाईं अध्ययनका हिसाबले ओखतीका विद्यार्थी हुन् । तरपुस्तकभर उनी पाठकलाई औषधिपसल नलगेर हाम्रै वरपरका वस्तुमा भएका औषधिजन्य गुणहरुको पहिचान गराउँछन् । अनि तिनै गुणहरुको वर्णन रोचक तवरले मधुमेहउच्च रक्तचाप र क्यान्सरजस्ता रोगसम्म जोडिन पुग्छ ।

हामीले परम्परागत रुपमा खाँदै आएका कुराहरु विश्वका महत्वपूर्ण अनुसन्धान केन्द्रहरुमा अध्ययन भएर त्यसको विशेषता पत्ता लाग्दै गइरहेको छ,’ लेखक प्रसाईंले विमोचनका अवसरमा भने, ‘खाने कुराको बढ्दो व्यावसायिकीकरणले पनि यी महत्वहरु ओझेलमा पर्न थालेका छन् ।

जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका लेखक संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा पढाउँदै आएका छन् ।

९० को दशकदेखि जडीबुटी र खाद्यपदार्थद्वारा हुने रोग नियन्त्रण तथा उपचारका क्षेत्रमा गर्दै आएको अनुसन्धानले नै लेखकलाई यो पुस्तकका निम्ति सघाएको हो । खोजीमै आधारित उनका आलेख साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित भइसकेका छन् ।

युवावस्थाको संघारमा पुग्दाको चिन्तनबाट सुरुहुने पुस्तक २० वटा बेग्लाबेग्लै खण्डहुँदै जीवन एक इन्द्रेणी’ सम्म पुगेर समाप्त हुन्छ ।

विधागत हिसाबले विविधतासँगै फरक समूहका चाँसो समेट्ने जीवनोपयोगी पुस्तक हामीले प्रस्तुत गर्दै आइरहेका छौं,’ पब्लिकेशन नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘पछिल्लो समय बढ्दो पुस्तकको प्रकाशनलाई मर्यादित बनाउनु र यसलाई अझ सकारात्मक दिशातर्फ लैजानु लेखकप्रकाशक र पाठक तीनैथरिको दायित्व हो ।

तीन सय ४५ रुपैयाँ मूल्य राखिएको पुस्तक सबैजसो प्रमुख पुस्तक पसलहरुमा उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री