विश्व,
एक आङ ढाक्न
एक बास बस्न
एक गास टार्न
शान्तिको स्वास चाहिन्छ …
बुद्ध जन्मेको पवित्र नेपाली माटोमा
स्वर्णिम
श्रृजनशिल
अतुलनीय बौद्ध दर्शनको
मनमोहक पवन पाइन्छ
शान्तिको स्वास फेर्न आउ विश्व
स्वच्छ सुन्दर अमुल्य प्रकृति छ
बुद्ध जन्मेको नेपालमा, बुद्ध जन्मेको नेपालमा…
तपस्पीहरुको तपो भूमि हो नेपाल
ज्ञानीहरुको ज्ञानभूमि हो नेपाल
कर्मीहरुको कर्मभूमि हो नेपाल
वीरगाथाको पूण्यभूमि हो नेपाल
अनी
फांटहरूको
पहाडरुको
हिमालहरुको
अखण्ड अमर भूमि हो नेपाल
निर्मल गगन छ
कलकल नदी बहन्छ
मनमोहक अनुकरणीय संस्कृति छ
लालीमाले चन्द्र सूर्य ध्वजा
चुमिरहन्छ …चुमिरहन्छ …
माटो हो बुद्ध खेलेको
माटो हो बुद्ध हिंडेको
माटो हो शान्तिमन्त्र श्रृजनाको
पावन भूमि नेपाल
स्वर्ण स्वर्गभूमि नेपाल
भगवान गौतम बुद्ध जन्मेको नेपाल …
आउ विश्व तप गर्न
आउ विश्व जप गर्न
आउ विश्व ध्यान गर्न
आउ विश्व पूजा गर्न
र शान्ति मन्त्र श्रवण गर्न
शान्तिको जल अभिषेक गर्न
शान्तिको प्रसाद ग्रहण गर्न
शान्तिको साश्वत पवित्र मन्दिर
भगवान गौतम बुद्ध जन्मेको नेपालमा …
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा