विश्व,
एक आङ ढाक्न
एक बास बस्न
एक गास टार्न
शान्तिको स्वास चाहिन्छ …
बुद्ध जन्मेको पवित्र नेपाली माटोमा
स्वर्णिम
श्रृजनशिल
अतुलनीय बौद्ध दर्शनको
मनमोहक पवन पाइन्छ
शान्तिको स्वास फेर्न आउ विश्व
स्वच्छ सुन्दर अमुल्य प्रकृति छ
बुद्ध जन्मेको नेपालमा, बुद्ध जन्मेको नेपालमा…
तपस्पीहरुको तपो भूमि हो नेपाल
ज्ञानीहरुको ज्ञानभूमि हो नेपाल
कर्मीहरुको कर्मभूमि हो नेपाल
वीरगाथाको पूण्यभूमि हो नेपाल
अनी
फांटहरूको
पहाडरुको
हिमालहरुको
अखण्ड अमर भूमि हो नेपाल
निर्मल गगन छ
कलकल नदी बहन्छ
मनमोहक अनुकरणीय संस्कृति छ
लालीमाले चन्द्र सूर्य ध्वजा
चुमिरहन्छ …चुमिरहन्छ …
माटो हो बुद्ध खेलेको
माटो हो बुद्ध हिंडेको
माटो हो शान्तिमन्त्र श्रृजनाको
पावन भूमि नेपाल
स्वर्ण स्वर्गभूमि नेपाल
भगवान गौतम बुद्ध जन्मेको नेपाल …
आउ विश्व तप गर्न
आउ विश्व जप गर्न
आउ विश्व ध्यान गर्न
आउ विश्व पूजा गर्न
र शान्ति मन्त्र श्रवण गर्न
शान्तिको जल अभिषेक गर्न
शान्तिको प्रसाद ग्रहण गर्न
शान्तिको साश्वत पवित्र मन्दिर
भगवान गौतम बुद्ध जन्मेको नेपालमा …
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग