श्रीमान गम्भीर गाउंदा गाउंदै
सयौं फूलका थुंगाहरुमा हराएको मेरो देश
प्रजातन्त्र र गणतन्त्र खोज्दा खोज्दै
बन्द र जुलुसको सडकमा ढलेको यो मेरो देश
सिंगापुरको चिल्लो सडक र हङकङको चौडा सडक खोज्दै
धुलो, धुंवा र चक्का जाममा फंसेको यो मेरो देश
मेलम्चीको पानी अनि मरस्याङ्दीको बत्ती कुर्दा कुर्दै
१२ घन्टे लोडसेडिङमा प्यासले तिर्खाएको यो देश
माओवादी, कांग्रेस अनि एमाले आउंदै जांदै
बालुवाटार र बानेश्वरको घुम्ने कुर्सीमा अड्केको मेरो देश
चीनमा प्लेन र बिकास बैंकमा पैसा खोज्दा खोज्दै
करोडपती नेताको घरमा कमारो बनेको यो गरिब देश
चुनाब सकिए संबिधान बन्ला, बजेट आए बिकास होला भन्दै
सत्र, छायालिस साल अनि गणतन्त्रको आन्दोलनमा शहीद बनेछ यो देश
श्री पशुपति नाथले सबैको रक्षा गरुन् भन्दै
बीरेन्द्रको देहावसानमा सालिक बनेको मेरो प्यारो देश
श्रीमान गम्भीर गाउंदा गाउंदै
सयौं फूलका थुंगाहरुमा हराएको मेरो देश
हराएको मेरो देश
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा