श्रीमान गम्भीर गाउंदा गाउंदै
सयौं फूलका थुंगाहरुमा हराएको मेरो देश
प्रजातन्त्र र गणतन्त्र खोज्दा खोज्दै
बन्द र जुलुसको सडकमा ढलेको यो मेरो देश
सिंगापुरको चिल्लो सडक र हङकङको चौडा सडक खोज्दै
धुलो, धुंवा र चक्का जाममा फंसेको यो मेरो देश
मेलम्चीको पानी अनि मरस्याङ्दीको बत्ती कुर्दा कुर्दै
१२ घन्टे लोडसेडिङमा प्यासले तिर्खाएको यो देश
माओवादी, कांग्रेस अनि एमाले आउंदै जांदै
बालुवाटार र बानेश्वरको घुम्ने कुर्सीमा अड्केको मेरो देश
चीनमा प्लेन र बिकास बैंकमा पैसा खोज्दा खोज्दै
करोडपती नेताको घरमा कमारो बनेको यो गरिब देश
चुनाब सकिए संबिधान बन्ला, बजेट आए बिकास होला भन्दै
सत्र, छायालिस साल अनि गणतन्त्रको आन्दोलनमा शहीद बनेछ यो देश
श्री पशुपति नाथले सबैको रक्षा गरुन् भन्दै
बीरेन्द्रको देहावसानमा सालिक बनेको मेरो प्यारो देश
श्रीमान गम्भीर गाउंदा गाउंदै
सयौं फूलका थुंगाहरुमा हराएको मेरो देश
हराएको मेरो देश
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’