कविता मैले लेखेको होइन
मेरा आफ्ना घाउ, थोरै पीडाहरुलाई नाम दिएको मात्रै हो
ति उदाशी गीतहरु मैले गाएको होइन
मेरो जीबनको कथा अनि व्यथालाई सुर दिएको मात्रै हो
होइन होइन रोएको म पक्कै छैन
चिरिएको हृदयको आसु आँखाबाट खसालेको मात्रै हो
बैरागी अनि एक्लो म पक्कै छैन
मान्छे मान्छेको भिडमा परिचय हराएको मात्रै हो
जिन्दगीको यथार्थ नबुझेको मैले होइन
समय र परिस्थितिको कैदी म जिउने उद्देश्य हराएको मात्रै हो
लेखेको मैले यो मेरो कथा होइन
कथा र कवितामा आफ्नो बिरासत खोजेको मात्रै हो
कविता मैले लेखेको होइन
मेरा आफ्ना घाउ, थोरै पीडाहरुलाई नाम दिएको मात्रै हो
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’