
बिर्सियौ कि बाचा हाम्रो जिउने एक अर्का सित
मेरो जस्तै तिम्रो मनमा केही कुरा खेल्यो कि त
बिर्सियौ कि बाचा हाम्रो जिउने एक अर्का सित
धेरै कुरा गर्थ्यौ तिमी, मर्छु होला तिमी बिना
तर झुटा बाचा रैछ जोड्यौ नाता अर्कै सित ।
लाग्थ्यो मलाई तिमीबिना कोहि छैन यो संसारमा
तिम्रै लागि बांच्थे केवल, तिम्रै लागि गाउंथें गीत
आज बल्ल महसुस भयो कति भ्रममा रहेछु म
नाटक रैछ म संग त, अर्कैसित जोड्यौ प्रित ।
तिमी सधैं खुशी हुनु, भुल्नु आफ्नै दुनियांमा
असत्यले हार खायो सत्यता कै भयो जीत
सारा खुशी तिम्रै लागि बलिदान दिनेछु म
अरु केही चाहन्न म, केवल बाहेक तिम्रो हित ।
सबै कुरा बिर्सिएर लाग्नु आफ्नो कर्तव्यपथमा
बिदाइ गर्नु चाहनालाई खेल्ने अर्काको भावनासित
मेरो जस्तै तिम्रो मनमा धेरै कुरा खेल्यो कि त
बिर्सियौ कि बाचा हाम्रो जिउने एक अर्कासित ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
फेसबुक