आइतबार, माघ ४ २०७७ | Sun, January 17, 2021
नेपालको समय: २१:२८ | UK Time: 15:43

प्याराग्लाइडिङ दुर्घटनामा पर्ने सात जना सबैको उद्धार

वीनेपाली
२०७२ फागुन १८ गते १३:२७
तस्विरः इकान्तिपुर

तस्विरः इकान्तिपुर

पोखरा, १८ फागुन । नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यहाँ सञ्चालित प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगितामा सहभागी हुने क्रममा आज दुर्घटनामा परेका सबै पाइलटको सकुशल उद्धार भएको छ ।

प्रतियोगितामा सहभागीमध्ये अवतरण गर्ने क्रममा सात जना पोखराको फेवातालमा परेको र एक जना अर्मलाको जङ्गलको रुखमा अल्झिन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक गोपाल चालिसेले बताए ।

रुखमा अल्झिएका पाइलटलाई स्थानीयवासी तथा फेवातालमा परेका पाइलटलाई स्थानीय डुङ्गा व्यवसायी तथा सुरक्षाकर्मीले उद्धार गरेका थिए । अवतरण गर्ने क्रममा अकस्मात् चलेको हावाहुरीका कारण दुर्घटना हुन गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक