काठमाडौँ, ७ फागुन । एकीकृत नेकपा(माओवादी)ले वर्तमान सरकारको काम कारबाहीको समीक्षा गर्दै त्यसलाई अझ प्रभावकारी रुपमा सम्पादन गर्न सरकारमा सहभागी मन्त्रीलाई निर्देशन दिएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको स्थायी समिति बैठकले सरकारको काम कारबाहीलाई जनताका पक्षमा केन्द्रित गर्ने र भूकम्पपछिको पुनः निर्माणलाई युद्धस्तरमा अगाडि बढाउने निर्णय गरेको छ ।
वर्तमान सरकार गठन भएपछि प्रभावकारी रुपमा काम हुन नसकेको जनगुनासो व्यक्त भइरहेका बेला पार्टीबाट सहभागी मन्त्रीलाई थप जिम्मेवार तुल्याउँदै राष्ट्र र जनताका पक्षमा काम गर्न आग्रह गर्ने निर्णय भएको अध्यक्ष दाहालले सञ्चारकर्मीलाई बताए ।
बैठकले जनवर्गीय सङ्गठनको कामलाई जनमुखी बनाउने, सङ्गठन सुदृढीकरणका निम्ति सम्मेलन, भेला आयोजना गर्ने तथा यसअघिको केन्द्रीय समितिको बैठकले अगाडि सारेको पार्टी पुनः निर्माण एवम् एकीकरणको कार्ययोजनालाई जनस्तरसम्म लैजाने निर्णय भएको उनले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट गर्न लाग्नुभएको भारत भ्रमण, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् मधेसवादी दलहरुसँगको वार्ता एवम् सीमाङ्कनलगायतका विषयमा टुङ्गो लगाउन सरकारले बिहीबार मात्रै गठन गरेको उच्चस्तरीय राजनीतिक समितिको सम्बन्धमा समेत छलफल भएको थियो ।
बैठक पुनः शनिबार बस्ने कार्यक्रम रहेको छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय