
काठमाडौँ, २५ माघ । नेपाल पर्यटन बोर्डमा रिक्त दुई सदस्यमा पर्यटन व्यवसायी कृष्ण अर्याल र पूर्ण कुँवरलाई नियुक्त गरिएको छ ।
पर्यटन मन्त्रिस्तरीय बैठकले तीन वर्षको लागि उहाँहरुलाई नियुक्त गरेको हो । अर्याल हाउस अफ् ट्राभल एन्ड एड्भाञ्चरका प्रबन्ध निर्देशक तथा कुँवर मल्टी टुर्सका सञ्चालक हुनुहुन्छ ।
बोर्डको सदस्य नियुक्तिका लागि सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित उपसमितिले दुई जनाको नाम सिफारिस गरेको थियो ।
सार्वजनिक निजी साझेदारीमा पर्यटन प्रवद्र्धन र बजारीकरणका कार्यक्रम गर्ने उद्देश्यले गठित बोर्डमा निजी क्षेत्रका पाँच जनाको प्रतिनिधित्व रहने व्यवस्था छ ।
बोर्डमा निजी व्यवसायीका तर्फबाट यसअघि तीन सदस्य घनेन्द्र श्रेष्ठ, राजेन्द्रप्रसाद सापकोटा र फुर्वाग्याल्जेन शेर्पा रहनुभएको छ ।
नवनियुक्त बोर्ड सदस्य अर्यालले रासससँग कुरा गर्दै बोर्डलाई थप गतिशील बनाउन सक्रियता जनाउने बताउनुभयो ।
“बोर्डको स्थापना कालदेखिकै उद्देश्य पर्यटन प्रवद्र्धन र बजारीकरणको कार्यलाई अब बोर्डले पूर्णता पाएसँगै थप प्रभावकारी बनाउन लागि पर्छौं,”–उहाँले भन्नुभयो ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?