
काठमाडौँ, २५ माघ । नेपाल पर्यटन बोर्डमा रिक्त दुई सदस्यमा पर्यटन व्यवसायी कृष्ण अर्याल र पूर्ण कुँवरलाई नियुक्त गरिएको छ ।
पर्यटन मन्त्रिस्तरीय बैठकले तीन वर्षको लागि उहाँहरुलाई नियुक्त गरेको हो । अर्याल हाउस अफ् ट्राभल एन्ड एड्भाञ्चरका प्रबन्ध निर्देशक तथा कुँवर मल्टी टुर्सका सञ्चालक हुनुहुन्छ ।
बोर्डको सदस्य नियुक्तिका लागि सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित उपसमितिले दुई जनाको नाम सिफारिस गरेको थियो ।
सार्वजनिक निजी साझेदारीमा पर्यटन प्रवद्र्धन र बजारीकरणका कार्यक्रम गर्ने उद्देश्यले गठित बोर्डमा निजी क्षेत्रका पाँच जनाको प्रतिनिधित्व रहने व्यवस्था छ ।
बोर्डमा निजी व्यवसायीका तर्फबाट यसअघि तीन सदस्य घनेन्द्र श्रेष्ठ, राजेन्द्रप्रसाद सापकोटा र फुर्वाग्याल्जेन शेर्पा रहनुभएको छ ।
नवनियुक्त बोर्ड सदस्य अर्यालले रासससँग कुरा गर्दै बोर्डलाई थप गतिशील बनाउन सक्रियता जनाउने बताउनुभयो ।
“बोर्डको स्थापना कालदेखिकै उद्देश्य पर्यटन प्रवद्र्धन र बजारीकरणको कार्यलाई अब बोर्डले पूर्णता पाएसँगै थप प्रभावकारी बनाउन लागि पर्छौं,”–उहाँले भन्नुभयो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान