लन्डन । बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने भएका छन् । केन्जिङ्टन प्यालेसले ट्वीटर मार्फत प्रिन्स ह्यारीको पहिलो औपचारिक नेपाल भ्रमण आगामी वसन्त ऋतु (स्प्रीङ) हुने जानकारी शुक्रबार दिएको हो । भ्रमणको विस्तृत विवरण आउन बांकी छ ।
लन्डनस्थित नेपाली दूतावासले भने अहिलेसम्म यसको औपचारिक जानकारी नपाएको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए ।
यसअघि बेलायतबाट महारानी एलिजावेथ द्वितिय र प्रिन्स फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए । राजकुमारी डायना, प्रिन्स चाल्र्ससहित बेलायती मन्त्रीहरु धेरैले नेपाल भ्रमण गरिसकेका छन् ।
प्रिन्स ह्यारीले बेला बेला ब्रिटिश गोर्खा सैनिकको प्रशंसा गर्दै आएका छन् । अफगानिस्तान युद्धमा गोर्खाहरुसंगै बिताएका ह्यारीले आफू गोर्खाहरुसंग बस्दा सबैभन्दा बढि सुरक्षित भएको बताउंदै आएका छन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको भने नेपाल भ्रमण गर्ने खवर सार्वजनिक भएपनि यकिन भइसकेको छैन् । गत महिनामात्र नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायत आएका बेला प्रधानमन्त्री केपी ओलीको नेपाल भ्रमणका लागि औपचारिक निम्तो क्यामरुनलाई दिएका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]