लन्डन । बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने भएका छन् । केन्जिङ्टन प्यालेसले ट्वीटर मार्फत प्रिन्स ह्यारीको पहिलो औपचारिक नेपाल भ्रमण आगामी वसन्त ऋतु (स्प्रीङ) हुने जानकारी शुक्रबार दिएको हो । भ्रमणको विस्तृत विवरण आउन बांकी छ ।
लन्डनस्थित नेपाली दूतावासले भने अहिलेसम्म यसको औपचारिक जानकारी नपाएको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए ।
यसअघि बेलायतबाट महारानी एलिजावेथ द्वितिय र प्रिन्स फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए । राजकुमारी डायना, प्रिन्स चाल्र्ससहित बेलायती मन्त्रीहरु धेरैले नेपाल भ्रमण गरिसकेका छन् ।
प्रिन्स ह्यारीले बेला बेला ब्रिटिश गोर्खा सैनिकको प्रशंसा गर्दै आएका छन् । अफगानिस्तान युद्धमा गोर्खाहरुसंगै बिताएका ह्यारीले आफू गोर्खाहरुसंग बस्दा सबैभन्दा बढि सुरक्षित भएको बताउंदै आएका छन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको भने नेपाल भ्रमण गर्ने खवर सार्वजनिक भएपनि यकिन भइसकेको छैन् । गत महिनामात्र नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायत आएका बेला प्रधानमन्त्री केपी ओलीको नेपाल भ्रमणका लागि औपचारिक निम्तो क्यामरुनलाई दिएका छन् ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?