
लन्डन । लन्डनस्थित नेपाली दूतावासले सोमबारदेखि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) का लागि प्रत्यक्ष दर्ता प्रणाली अर्थात लाइभ इनरॊलमेन्ट सिस्टम शुभारम्भ गरेको छ ।
परराष्ट्र मन्त्रालयले राहदानी वितरण प्रणाली सहज र द्रुत बनाउन नयां प्रविधि थालनी गरेको करिब महिना दिनपछि लन्डनस्थित दूतावासले पनि लाइभ
इनरॊलमेन्ट सिस्टम आरम्भ गरेको हो । नेपाल सरकारले नै पठाएको एकजना चिनिया आइटी वीज्ञले सोमबार एक सेट यस्तो मेसिन जडान गरेपछि दुई जनाले लाइभ इन्रोलमेन्टको सेवा लिए । प्रिन्टरसहित नेपालबाट ल्याइएका चार सेट इनरॊलमेन्ट मेसिनमध्ये दुईवटा दूतावास कार्यालयमा जडान गरिने र
बांकी दुई वटा मोवाइल सेवा (आवश्यक पर्दा ठाउं ठाउं) मा प्रयोग गरिने दूतावासले जनाएको छ ।
यस प्रणाली लागू भएसंगै अब राहदानीका लागि हातले फाराम भर्नुपर्ने झन्झट सकिएको छ भने सबै काम ‘डिजिटलाइज्ड’ हुनेछ । अब राहदानी वाहकको औंठा छाप र हस्ताक्षर मेसिनबाटै लिइनेछ भने तस्विर कम्प्युटरबाटै राखिन्छ । व्यक्तिको सबै विवरण ‘बायोमेट्रिक’ मार्फत सिधै राहदानी विभाग पुग्ने कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जनाए ।
दूतावासले यस प्रणाली लागू भएपछि सेवाग्राहीलाई राहदानी लिन अब सहज र छिटो हुने विश्वास गरेको छ । तर, सर्वसाधारणले भने गत २४ नोभेम्बरको हस्त लिखित राहदानीको समयसीमा अघि लागू गरिनुपर्ने यस्तो प्रणाली अहिले शुरु गरिनुलाई ‘लगन पछिको पोते’ को संज्ञा दिएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को निर्देशन बमोजिम २४ नोभेम्बर अघि एमआरपी लिइसक्नु पर्ने वाध्यताले लन्डनस्थित दूतावासलाई भ्याइ नभ्याइ थियो ।
दूतावासले बढ्दो चाप कम गर्न नेपालीको घनावस्ती भएका प्रमुख शहरमा घुम्ती सेवा नै शुरु गरेको थियो । लन्डन दूतावासबाट मात्रै करिब ३५ हजार एमआरपी जारी भएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को निर्देशनानुसार नेपालले सन् २०१० देखि एमआरपी राहदानी वितरण सुरु गरेको हो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]