लन्डन । गायिका इन्दिरा जोशी शुक्रबार बिहान लन्डन उत्रिएकी छिन् । ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले बेलायतका १३ ठाउंमा गर्ने गोर्खा कल्चरल नाइटमा पर्फर्म गर्न उनी नृत्य निर्देशक गोविन्द राईसहित लन्डन आएकी हुन् । जेट एयरवेजबाट हिथ्रो टर्मिनल फोरमा बिहान सांढे ७ बजे उत्रंदा जोशी र राईलाई आयोजक संस्था ब्रिटिश गोर्खा नेपलिज काउन्सिलकी कलाकार विभाग प्रमुख रोमियन लिम्बु र कार्यक्रम संयोजक भरु पल लिम्बुले स्वागत गरेका थिए ।
कलाकारहरु अहिले फार्नबोरो बसेका छन् । उनीहरुको पहिलो शो भोलि फार्नबोरोस्थित ओकफार्म कम्युनिटी हलमा हुंदैछ ।
यसैबीच, अर्की चर्चित गायिका सुनिता दुलाल पनि इन्दिरासंगै गाउने भएकी छिन् । उनी यही साता लन्डन उत्रने कार्यक्रम छ ।
गोर्खा कल्चरल नाइट फार्नबोरोपछि ३ मा वेल्स्, ८ मा कोल्चेष्टर, ९ मा रेडिङ, १० मा ग्रेज, १६ मा आसफोर्ड, १७ मा विनचेष्टर, २३ मा स्वीन्डन, २४ मा लन्डन, २९ मा ननिटन, ३० मा बेजिङस्टोक र ३१ मा क्याट्रिकमा हुने तय भएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा