लन्डन । गायिका इन्दिरा जोशी शुक्रबार बिहान लन्डन उत्रिएकी छिन् । ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले बेलायतका १३ ठाउंमा गर्ने गोर्खा कल्चरल नाइटमा पर्फर्म गर्न उनी नृत्य निर्देशक गोविन्द राईसहित लन्डन आएकी हुन् । जेट एयरवेजबाट हिथ्रो टर्मिनल फोरमा बिहान सांढे ७ बजे उत्रंदा जोशी र राईलाई आयोजक संस्था ब्रिटिश गोर्खा नेपलिज काउन्सिलकी कलाकार विभाग प्रमुख रोमियन लिम्बु र कार्यक्रम संयोजक भरु पल लिम्बुले स्वागत गरेका थिए ।
कलाकारहरु अहिले फार्नबोरो बसेका छन् । उनीहरुको पहिलो शो भोलि फार्नबोरोस्थित ओकफार्म कम्युनिटी हलमा हुंदैछ ।
यसैबीच, अर्की चर्चित गायिका सुनिता दुलाल पनि इन्दिरासंगै गाउने भएकी छिन् । उनी यही साता लन्डन उत्रने कार्यक्रम छ ।
गोर्खा कल्चरल नाइट फार्नबोरोपछि ३ मा वेल्स्, ८ मा कोल्चेष्टर, ९ मा रेडिङ, १० मा ग्रेज, १६ मा आसफोर्ड, १७ मा विनचेष्टर, २३ मा स्वीन्डन, २४ मा लन्डन, २९ मा ननिटन, ३० मा बेजिङस्टोक र ३१ मा क्याट्रिकमा हुने तय भएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]