लन्डन । अहिलेकी चर्चित गायिका इन्दिरा जोशीको बेलायत भिजा लागेको छ । ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले बेलायतका विभिन्न १३ शहरमा गर्ने गोर्खा कल्चरल नाइटका लागि उनी यूके आउन लागेकी हुन् ।
काउन्सिलले यसअघि ज्योति मगरलाई निम्त्याउन लागेपनि उनको भिजा अस्वीकृत भएपछि इन्दिराले चान्स पाएकी हुन् । काउन्सिलकी कलाकार विभाग प्रमुख रोमियन लिम्बुले २ जनवरीमा फार्नबोरोमा इन्दिराको पहिलो कार्यक्रम हुने जनाइन् । जोशीसंगै निर्देशक गोविन्द राई पनि बेलायत आउने लिम्बुले बताइन् । राई नृत्य निर्देशक र नागबेली फिल्मका निर्देशक हुन् । नेपालबाट आउने दुई कलाकार र स्थानीय कलाकारहरुको सहभागितामा कार्यक्रम हुनेछ ।
गोर्खा कल्चरल नाइट २ जनवरीमा फार्नबोरो, ३ मा वेल्स्, ८ मा कोल्चेष्टर, ९ मा रेडिंग, १० मा ग्रेज, १६ मा आसफोर्ड, १७ मा विनचेष्टर, २३ मा स्वीन्डन, २४ मा लन्डन, २९ मा ननिटन, ३० मा बेजिंगस्टोक र ३१ मा क्याट्रिकमा हुने आयोजकले जनाएका छन् ।
काउन्सिलले अर्की चर्चित गायिका सुनिता दुलाललाई पनि यूके ल्याउन भिजा आवेदन दिइएको जनाएको छ । काउन्सिलका अध्यक्ष एकराज नेम्वांगले कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह गरेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]