लन्डन । अहिलेकी चर्चित गायिका इन्दिरा जोशीको बेलायत भिजा लागेको छ । ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले बेलायतका विभिन्न १३ शहरमा गर्ने गोर्खा कल्चरल नाइटका लागि उनी यूके आउन लागेकी हुन् ।
काउन्सिलले यसअघि ज्योति मगरलाई निम्त्याउन लागेपनि उनको भिजा अस्वीकृत भएपछि इन्दिराले चान्स पाएकी हुन् । काउन्सिलकी कलाकार विभाग प्रमुख रोमियन लिम्बुले २ जनवरीमा फार्नबोरोमा इन्दिराको पहिलो कार्यक्रम हुने जनाइन् । जोशीसंगै निर्देशक गोविन्द राई पनि बेलायत आउने लिम्बुले बताइन् । राई नृत्य निर्देशक र नागबेली फिल्मका निर्देशक हुन् । नेपालबाट आउने दुई कलाकार र स्थानीय कलाकारहरुको सहभागितामा कार्यक्रम हुनेछ ।
गोर्खा कल्चरल नाइट २ जनवरीमा फार्नबोरो, ३ मा वेल्स्, ८ मा कोल्चेष्टर, ९ मा रेडिंग, १० मा ग्रेज, १६ मा आसफोर्ड, १७ मा विनचेष्टर, २३ मा स्वीन्डन, २४ मा लन्डन, २९ मा ननिटन, ३० मा बेजिंगस्टोक र ३१ मा क्याट्रिकमा हुने आयोजकले जनाएका छन् ।
काउन्सिलले अर्की चर्चित गायिका सुनिता दुलाललाई पनि यूके ल्याउन भिजा आवेदन दिइएको जनाएको छ । काउन्सिलका अध्यक्ष एकराज नेम्वांगले कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा