लन्डन । कार्यक्रम गर्न बेलायत आउन लागेकी गायिका ज्योति मगरको भिजा अस्वीकृत भएको छ । उनको भिजा अस्वीकृत भएपछि नव गठित ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले गत ४ डिसेम्बरमा ननिटनमा गर्ने तय भएको गोर्खा कल्चरल नाइट पनि रद्द भएको छ । आयोजकले गायिका मगरलाई साढे ४ लाख रुपैयां दिने र त्यो वापत उनले यूकेमा १२ वटा शो गर्ने सम्झौता भएको थियो ।
कार्यक्रमका लागि करिब ३ सय वटा टिकट विक्री भइसकेको अवस्थामा कलाकारको भिजा नलाग्दा आयोजक दुःखी छन् । ‘ज्योति मगर र गायक ताराप्रकाश लिम्बुको भिजा नलागेपछि कार्यक्रम नै रोक्नु पर्यो’, आयोजक ब्रिटिश गोर्खा नेपलिज काउन्सिलको कलाकार विभागकी संयोजक रोमियन लिम्बुले वीनेपालीसंग भनिन् । संगै आवेदन दिएका नृत्य निर्देशक गोविन्द राई र कमेडियन महेन्द्र बग्दासको भने भिसा लागेको छ ।
अब जनवरीतिर अरु कलाकार ल्याएर कार्यक्रम गर्ने योजना बनेपनि विस्तृत तय भइनसकेको लिम्बुले जनाइन् ।
पछिल्लो २ वर्षयता ज्योति नेपाली मनोरञ्जनको क्षेत्रमा चर्चामा छिन् । ज्योति मगर गीतको चर्चासंगै नग्न भिडियो र फोटो सुटका कारण पटक पटक विवादमा आइरहने गायिका हुन् । छोटो पहिरन र कामुक शैली उनको परिचय बनेको छ । दर्शकहरु उनको उत्तेजक हाउभाउ हेर्नकै लागि कार्यक्रम पुग्ने गर्छन् । तीज गीत ढाडे बिरालोको भिडियोमा उत्तेजक अभिनय गरेपछि भिडियो अश्लील भन्दै उनको देश विदेशबाट व्यापक आलोचना भएको थियो ।
‘रातो साडी रातै छ कलर, एक रात सुत्न १ हजार डलर’ शीर्षकको तीज गीत छायांकन गर्ने क्रममा पार्टी प्यालेसमा मेकअप गरेर तयार भएकी ज्योतिलाई स्थानीय महिलाहरूले कुटेको समाचार एकाएक भाइरल भएको थियो ।
अश्लील र भड्किलो भएकै कारण नेपाल टेलिभिजनमा प्रसारण हुने टि–टाइम शीर्षकको कार्यक्रमलाई दिएको अन्तर्वार्ता प्रतिबन्धित भएपछि ज्योतिको विवादास्पद यात्रा शुरु भएको मानिन्छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार