लन्डन । आफ्नो जन्मभूमिलाई बढि नै माया गर्ने बेलायतका गुल्मेलीले आइतबार एक च्यारिटी डिनर कार्यक्रम गरेका छन् । गुल्मी जिल्ला समाज यूकेले नेपालका अपांग, असहायको सहयोगार्थ साउथ इष्ट लन्डनको सिडेनहाम चर्चमा च्यारिटी गरेको हो ।
विश्व अपांग दिवसका अवसरमा आयोजित च्यारिटी डिनरबाट करिब तीन हजार पाउण्ड संकलन भएको छ । विगतका तुलनामा उपस्थिति केही न्यून देखिएपनि अपेक्षा गरे भन्दा बढि रकम संकलन भएको समाजले जनाएको छ । खर्च कटाएर बचेको रकम नेपाल पठाइने छ ।
च्यारिटी डिनरका प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले बेलायतका गुल्मेलीहरुको सामाजिक कामको तारिफ गरे । उनले अपांगहरुको सहयोगार्थ समाजले गरेको कार्यक्रममा तीन वर्ष यता निरन्तर सहभागी भइरहेको जनाउंदै नेपालमा अपहेलित र उपेक्षित अपांग समुदायको सहयोग गरेर समाजले प्रशंसनीय कार्य गरेको जनाए । क्षेत्रीले रिबन काटेर समाज यूके च्यारिटीमा दर्ता भएको औपचारिक घोषणा समेत गरे ।
कार्यक्रमका विशेष अतिथी एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले गुल्मेलीहरुको सहयोगी भावनाबाट एनआरएनए यूकेले ठूलो अपेक्षा
राखेको जनाए । उनले एनआरएनए यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टमा बेलायतवासी गुल्मेलीहरुलाई सक्दो सहयोग गर्न पनि आग्रह गरे ।
कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष अर्जुन गौतमले समाजले मातृभूमिका लागि हालसम्म गरेका गतिविधिहरु प्रस्तुत गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरे । उनले समाजले वर्ष दिनमा मात्र यस्ता च्यारिटी कार्यक्रम गर्ने नभई गुल्मेलीहरु नेपाल जांदा प्रत्येक पटक केही न केही सहयोग गरेर फर्कने गरेको स्मरण गरे । उनले अपांगहरुका लागि पनि केही सहयोग गर्नुपर्ने दायित्व आफूहरुको भएकाले वर्षेनी च्यारिटी कार्यक्रम गरिएको समेत जनाए । समाजका सल्लाहकार एवं कार्यक्रम संयोजक बालजंग अर्यालले दाताहरुको विवरण प्रस्तुत गरेका थिए भने समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, सल्लाहकार दुर्गा पाण्डेले शुभकामना मन्तव्य दिए ।
समाजका महासचिव राम गलामी र सचिव शिव भण्डारीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा समाजका उपाध्यक्ष केशव भण्डारीले स्वागत मन्तव्य दिएका थिए ।
दोश्रो चरणमा मन्जु भण्डारी खरेलले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा जेनी भट्टराई, प्रमिला केसी, श्रेया खरेल लगायतले नृत्य प्रस्तुत गरे भने अन्य प्रतिभाले गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा गोकुल भण्डारी र सेतोपाटीका बेलायत संयोजक फडिन्द्र भट्टराईले कविता वाचन गरे ।
कार्यक्रम अवधिभर प्रथम नौमती बाजा यूकेको पञ्चेबाजा धुन र अन्तिमतिर डिजे हेम विष्टको गीत संगीतले चिसिंदो मौसम तातेको थियो । उक्त अवसरमा राजन खरेलले राफल चिट्ठा खेलाएका थिए । समाजले आफ्नो संस्थाबाट एनआरएनए यूकेमा सल्लाहकार मनोनित भएका र प्रायोजकहरुलाई सम्मान समेत गरेको थियो ।
तस्विरहरुः शिव भण्डारी
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा