
लन्डन । ग्लोवल पोलिसी फोरम फर नेपालको पहिलो सम्मेलन गर्न काठमाण्डौं पुगेका बेलायतस्थित नेपाली प्राज्ञहरुले नाकाबन्दीविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान सुझाएका छन् । सम्मेलनको पहिलो सत्रमा प्राज्ञहरुले नेपाललाई बलियो प्रमाणसहित अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढक्याउन सुझाव दिएका हुन् ।
उक्त फोरम विश्वका चर्चित विश्वविद्यालयका प्राध्यापक तथा विशेषज्ञहरु एकीकृत हुंदै गत ७ अक्टोबरमा स्थापित एउटा स्वतन्त्र प्राज्ञिक संस्था हो ।
भारतले भूपरिवेष्ठित राष्ट्र नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय कानुनी हकको ठाडो उल्लंघन गरेको जिकिर गर्दै ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष प्रोफेसर डा. सूर्य सुवेदीले नेपालले यतिखेर आफ्नो समस्या अन्तर्राष्ट्रिय समुदायसंग सशक्त र प्रष्ट रुपमा राख्न सुझाव दिए । उनले
नेपाललाई अन्तर्राष्ट्रिय अदालतमा बलियो प्रमाण लिएर उभिन सुझाव दिंदै यसका लागि आफ्नो संस्था आवद्ध वीज्ञहरु आवश्यक जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए ।
राजनैतिक नेताहरुले कुनै पनि कार्यक्रममा गएर भारत विरुद्ध वक्तव्य बाजी गर्दैमा नाकाबन्दी अन्तर्राष्ट्रियकरण नहुने उल्लेख गर्दै प्रा. सुवेदीले कुटनैतिक र राजनैतिक पहलमा जोड दिए । उनले नेपालले आधिकारिक रुपमा कुटनैतिक र राजनैतिक दुवै तवरबाट तीव्र छलफल गरेर आम नेपाली नागरिकलाई अहिले भइरहेको पछिल्लो स्थितिबारे प्रष्ट्याउन आग्रह गरे ।
सम्मेलनमा प्राध्यापक सुवेदी र प्रा. उपेन्द्रदेव आचार्यले बेग्ला बेग्लै कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रा. डा उपेन्द्रदेव आचार्यको शोधपत्र माथि छलफलको लिभरपुल जोन मोर युनिभर्सिटीका एसोसिएट डिन प्रोफेसर पदम सिम्खडाले अध्यक्षता गरेका थिए । सिम्खडाले नेपालका विश्व विश्वविद्यालयहरुमा चरम राजनैतिक भागबन्डा हुनुले नेपालको प्राज्ञिक जनशक्तिलाई निराश बनाएको भन्दै नेपालको उच्च शिक्षा नीति सुलभ, प्रतिष्पर्धी, प्रभावकारी नीति नियम र खोज अनुसन्धानमुलक अध्ययनमा केन्द्रित हुनु पर्ने
प्रा. सिम्खडाको धारणा थियो ।
सिम्खडाले नेपालले शिक्षाको गुणस्तर सुधार्दै प्रभावकारी बनाउने हो भने पहिले उच्च शिक्षा राजनीतिबाट मुक्त राख्नु पर्नेमा जोड दिए । विश्व विश्वविद्यालयहरुमा पियन देखि उपकुलपतिसम्म राजनैतिक नियुक्ति हुनु अत्यन्त दुःखदायी भएको जनाउंदै उनले विश्व विश्वविद्यालयहरुमा कुनै पनि नियुक्ति प्रतिष्पर्धाको आधारबाट मात्र गर्नुपर्ने बताए ।
प्रा. डा. सूर्यप्रसाद सुवेदी (बेलायत) को अध्यक्षतामा गठित उक्त फोरममा प्राध्यापकहरू उपेन्द्रदेव आचार्य (संयुक्त राज्य अमेरिका), डा. कुमुद धिताल (अष्ट्रेलिया), प्रा. शिव गौतम (संयुक्त राज्य अमेरिका), प्रा. कटक मल्ल (स्वीडेन), डा. होममुर्ती पन्त (अष्ट्रेलिया), प्रा. मल्लिका शाक्य (भारत), प्रा. पदम सिम्खडा (बेलायत) र प्रा. विशाल सिटौला (नर्वे) छन् ।
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग