लन्डन । बेलायतका एकजना मन्त्रीले भूपू गोर्खाहरुलाई भोक हड्ताल नगर्न चेतावनी दिएका छन् ।
बेलायती समाज कल्याण मन्त्री एवं रेडिङ इष्टका सासंद रब वील्सनले आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका पदाधिकारीहरुसंगको भेटमा उक्त चेतावनी दिएका हुन् । ‘मैले यसअघि (करिव दुईवर्ष अघि) पनि भोक हड्ताल गर्दा तपाईंहरुलाई सहयोग गरिन । अब फेरि गर्नुहुन्छ भने म बाट केही सहयोग हुन सक्तैन’, मन्त्री वील्सनको भनाई उधृत गर्दै समितिका निर्देशक ज्ञानराज राईले वीनेपालीसंग भने । मन्त्रीले हड्ताल नगर्न भनेपनि झन् सशक्त ढंगले कार्यक्रम गरिने राईको अठोट छ ।
भेटमा गोर्खाहरुले त्रिपक्षीय सन्धीको मर्म र भावना अनुरुप आफूहरुले न्याय नपाए धेरै भूपू गोर्खा फेरि भोक हड्ताल गर्न राजी भएको र त्यो अनिष्ट ब्रिटिश सरकारले गोर्खाहरुको माग पुरा गरेर मात्र रोक्न सक्ने चेतावनी दिएका थिए । भेटमा भूपू गोर्खाहरुले गोर्खाहरुको योगदान र जीवनको मुल्य ब्रिटेनले कहिल्यै तिर्न नसक्ने भन्दै आफ्नो वचाउ पनि गरेका थिए ।
आगामी अप्रिल २४, २०१६ सम्म आफ्ना समान हक अधिकार माग पुरा नभए भूपू गोर्खाहरुले फेरि भोक हड्ताल गर्ने चेतावनी ज्ञापनपत्र मार्फत बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित ६ सय ५९ सांसदलाई दिइसकेका छन् । राईले ५० भन्दा बढि सांसदहरुले आफ्नो ज्ञापनको ‘रेस्पोन्स’ गरेपनि भोक हड्तालबारे ‘भ’ पनि उच्चारण नगरेको बताए । ‘बेलायती राजनीतिज्ञहरु भोक हड्ताल जस्तो अप्रिय कार्यक्रम नगरोस् भन्ने चाहन्छन्’, राईले अगाडि थपे, ‘वार्ता र अन्य माध्यमबाट समाधान खोजौं भन्ने उनीहरुको मनसाय छ तर हाम्रा माग पुरा नभए यसको अरु विकल्प छैनन् ।’
समाजकल्याण मन्त्रीसंगको भेटमा राईले बेलायत सरकारले १८ वर्ष नाघेका वयस्क भूपू गोर्खाका सन्तानको हकमा ल्याएको नीति व्यवहारिक नभएको भन्दै पुनर्विचारका लागि पहल गरिदिन आग्रह गरिएको पनि जनाए । राईले सत्याग्रह आन्दोलनपछि बेलायत सरकारले सेटलमेन्ट राइट्सका लागि भिजा फि २२ सय पाउण्डबाट घटाएर ८ सय ८५ पाउण्ड गरिदिएकामा गोर्खालीहरु आभारी छन् तर सरकारको दोधारे नीतिले गर्दा कानुन व्यवसायीहरुमात्र मोटाएर गरिव र शोषित गोर्खाहरु झन् शोषित भएको गुनासो गरेका थिए ।
भूपू गोर्खाहरु बेलायती समकक्षी सरह समान पेन्सन र अन्य सुविधा पाउनुपर्ने माग राख्दै आन्दोलनरत छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]