लन्डन । बेलायतका नेपाली इन्जिनियरहरुले भूकम्पपछि नेपालको पुनर्निर्माणमा सघाउने भएका छन् । सोसाइटी अफ नेपलिज इन्जिनियर्स, यूकेले पुनर्निर्माणमा आफ्ना वीज्ञहरुमार्फत सक्दो सघाउने भएको हो ।
नेपालको पुनर्निर्माणमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे सोसाइटी अफ नेपलिज इन्जिनियर्स, यूकेले एउटा वृहत सेमिनार समेत गर्ने तयारी गरेको छ । भूकम्पपछि पुनर्निर्माणः चुनौती र अवसरहरु विषयक एक सेमिनार गर्न लागिएको हो ।
सोसाइटीले सम्वन्धित क्षेत्रका वीज्ञहरु निम्त्याएर सेमिनार गरि त्यसको निष्कर्ष, समाधान र विकल्प नेपाल सरकार, विकास एजेन्सी र पुनर्निर्माण प्राधिकरणलाई पठाउने सोसाइटीका महासचिव राजेश पाठकले वीनेपालीलाई जनाए । गत अप्रिल २५ र मे १२ को विनाशकारी भूकम्पले हजारौंको ज्यान गएको स्मरण गर्दै इन्जिनियर पाठकले नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरु, राष्टिय संरचना, घर, स्मारक आदि ध्वस्त भएको परिप्रेक्ष्यमा सेमिनारमा पुनर्निर्माणका चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिने जनाए ।
२८ नोभेम्बरका दिन लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सेमिनार हुन लागेको हो । सेमिनारमा प्रश्नोत्तर, विभिन्न वीज्ञहरुबाट कार्यपत्र प्रस्तुत र छलफल समावेश गरिएको छ ।
सोसाइटीले भूकम्प लगत्तै आफ्ना इन्जिनियर सदस्यहरुलाई नेपाल पठाएर मानवीय सहयोग तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनरावलोकन गरेको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त