लन्डन । बेलायतका नेपाली इन्जिनियरहरुले भूकम्पपछि नेपालको पुनर्निर्माणमा सघाउने भएका छन् । सोसाइटी अफ नेपलिज इन्जिनियर्स, यूकेले पुनर्निर्माणमा आफ्ना वीज्ञहरुमार्फत सक्दो सघाउने भएको हो ।
नेपालको पुनर्निर्माणमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे सोसाइटी अफ नेपलिज इन्जिनियर्स, यूकेले एउटा वृहत सेमिनार समेत गर्ने तयारी गरेको छ । भूकम्पपछि पुनर्निर्माणः चुनौती र अवसरहरु विषयक एक सेमिनार गर्न लागिएको हो ।
सोसाइटीले सम्वन्धित क्षेत्रका वीज्ञहरु निम्त्याएर सेमिनार गरि त्यसको निष्कर्ष, समाधान र विकल्प नेपाल सरकार, विकास एजेन्सी र पुनर्निर्माण प्राधिकरणलाई पठाउने सोसाइटीका महासचिव राजेश पाठकले वीनेपालीलाई जनाए । गत अप्रिल २५ र मे १२ को विनाशकारी भूकम्पले हजारौंको ज्यान गएको स्मरण गर्दै इन्जिनियर पाठकले नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरु, राष्टिय संरचना, घर, स्मारक आदि ध्वस्त भएको परिप्रेक्ष्यमा सेमिनारमा पुनर्निर्माणका चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिने जनाए ।
२८ नोभेम्बरका दिन लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सेमिनार हुन लागेको हो । सेमिनारमा प्रश्नोत्तर, विभिन्न वीज्ञहरुबाट कार्यपत्र प्रस्तुत र छलफल समावेश गरिएको छ ।
सोसाइटीले भूकम्प लगत्तै आफ्ना इन्जिनियर सदस्यहरुलाई नेपाल पठाएर मानवीय सहयोग तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनरावलोकन गरेको थियो ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय