
व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा एकीकृत नेकपा (माओवादी)का स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउदै साथमा नेताहरु । तस्बिर ः सूर्यचन्द्र बस्नेत, रासस
काठमाडौँ, १३ कात्तिक । एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पुगेर उहाँले आज दिउँसो १२ः४५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी छन् ।
तत्कालीन माओवादीले दश वर्षसम्म सञ्चालन गरेको सशस्त्र सङ्घर्षमा माओवादी सेनाको लडाकु कमान्डर रहनुभएका पुन दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापासँग पराजित भएका थिए ।
राङसी–९ रोल्पा जिल्लाका स्थायी बासिन्दा पुनको उम्मेदवारी दर्ता गराउँदा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव कृष्णबहादुर महरा, तथा एमाले, एमाओवादी र सत्ता गठबन्धनमा रहेका दलका नेता एवम् सांसदहरुको उपस्थिति थियो ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले पार्टीको निर्णयअनुसार नै आफू उम्मेदवार बनेको र आफू पूर्णरुपमा विजयी हुने विश्वास व्यक्त गरे । नयाँ संविधानको सहज कार्यान्वयन र पालना गराउनु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले मुलुकमा बाँकी रहेका काम र संविधानको संरक्षण गर्न आफ्नो प्रमुख भूमिका रहने बताए ।
पुनले भने, ‘‘राष्ट्रलाई एकताबद्ध गरेर सयौँ जातजातिलाई एउटै मालामा समाहित गर्न म प्रतिबद्ध भएर लाग्नेछु, मुलुकको समृद्धिको चाहनालाई पूरा गर्न प्रयत्न रहनेछु ।’’
संसद्मा रहेका सबै दलले एकमतले मतदान गर्ने र विजयी गराउने उनको विश्वास थियो ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक