
व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा एकीकृत नेकपा (माओवादी)का स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउदै साथमा नेताहरु । तस्बिर ः सूर्यचन्द्र बस्नेत, रासस
काठमाडौँ, १३ कात्तिक । एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पुगेर उहाँले आज दिउँसो १२ः४५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी छन् ।
तत्कालीन माओवादीले दश वर्षसम्म सञ्चालन गरेको सशस्त्र सङ्घर्षमा माओवादी सेनाको लडाकु कमान्डर रहनुभएका पुन दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापासँग पराजित भएका थिए ।
राङसी–९ रोल्पा जिल्लाका स्थायी बासिन्दा पुनको उम्मेदवारी दर्ता गराउँदा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव कृष्णबहादुर महरा, तथा एमाले, एमाओवादी र सत्ता गठबन्धनमा रहेका दलका नेता एवम् सांसदहरुको उपस्थिति थियो ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले पार्टीको निर्णयअनुसार नै आफू उम्मेदवार बनेको र आफू पूर्णरुपमा विजयी हुने विश्वास व्यक्त गरे । नयाँ संविधानको सहज कार्यान्वयन र पालना गराउनु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले मुलुकमा बाँकी रहेका काम र संविधानको संरक्षण गर्न आफ्नो प्रमुख भूमिका रहने बताए ।
पुनले भने, ‘‘राष्ट्रलाई एकताबद्ध गरेर सयौँ जातजातिलाई एउटै मालामा समाहित गर्न म प्रतिबद्ध भएर लाग्नेछु, मुलुकको समृद्धिको चाहनालाई पूरा गर्न प्रयत्न रहनेछु ।’’
संसद्मा रहेका सबै दलले एकमतले मतदान गर्ने र विजयी गराउने उनको विश्वास थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]