लन्डन । प्रा. डा सूर्यप्रसाद सुवेदी अन्तर्राष्ट्रिय कानुन निर्माणमा सबैभन्दा बढि प्रतिष्ठित र प्रभावशाली मानिएको जेनेभास्थित एक अन्तर्राष्ट्रिय इन्स्टिच्यूट अफ इन्टरनेशनल ल को पूर्ण स्थायी सदस्यमा निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय कानुन निर्माणमा योगदान दिएवापत नोबेल शान्ति पुरस्कार समेत पाएको उक्त संस्थामा अन्तर्राष्ट्रिय न्यायलयका न्यायधिशहरु, अन्तर्राष्ट्रिय कानुन आयोगका सदस्यहरु तथा संसारभरका विभिन्न मुलुकका लब्ध प्रतिष्ठित अन्तर्राष्ट्रिय कानुनवीद सदस्य छन् ।
संस्थाको इस्टोनियाको राजधानी टालिनमा हालै भएको अधिवेशनले सुवेदीलाई संस्थाको पूर्ण स्थायी सदस्यमा निर्वाचित गरेको हो ।
आफ्ना प्रकाशित ग्रन्थहरुद्धारा अन्तर्राष्ट्रिय कानुनको विकासमा योगदान दिएको एक मात्र आधारमा मुल्यांकन भई निर्वाचित हुन सक्ने उत्कृष्ट कानुनवीदहरुको उक्त संस्थामा प्रा. सुवेदीले आफू निर्वाचित हुन अन्तर्राष्ट्रिय कानुनका विभिन्न क्षेत्रमा प्रकाशित गरेका गहन र स्तरीय कृतिहरुको लामो सुची प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय कानुनका विषयमा लामो समयदेखि कलम चलाउंदै आएका प्रा. सुवेदीका कृतिहरुको सूची मात्रै १४ पृष्ठ लामो छ ।
यसैबीच, अमेरिकाको सबैभन्दा पुरानो, प्रतिष्ठित र प्रभावशाली संस्था अमेरिकन सोसाइटी अफ इन्टरनेशनल ल ले अमेरिकास्थित सबै हाइस्कुलका लागि तयार पारेको अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार र संयुक्त राष्ट्रसंघसम्बन्धी पाठ्यसामग्रीमा प्रा. सुवेदीसंग ति विषयमा लिइएको उनको काम र जीवन सम्वन्धि अन्तरवार्ता समावेश गरेको छ । अमेरिकाका सबै हाइस्कुलका लागि पाठ्य सामाग्री तयार गर्ने क्रममा अमेरिकन सोसाइटीले संसारभरबाट छानेका चार विशिष्ट व्यक्तिमध्ये सुवेदी एक हुन् ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने