सुन्नु होला दिदीबहिनी सुन्नु होला दाजुभाई ।
विनाशकारी भूकम्पको बयान बरिलै ।।
साल थियो ७२ बैशाखको महिना ।
हल्लियो पृथ्वी नेपाल भूमिमा ।।
१२ गते दिनको थियो १२ बजे हुंदो हो ।
हल्लाको त एकैछिन् नासै भैगयो ।।
हल्ला खल्ला मच्चियो खवरमा नी आइहाल्यो ।
एैया पनि भन्न नपाई परान गइहाल्यो ।।
सिन्धुपाल्चोक केन्द्र बिन्दू काठमाण्डु नि हल्लियो ।
गोरखा धादिंग नुवाकोट सबै थर्कियो ।।
एकै पटक कहां हो र घरिघरि आइरह्यो ।
घर गोठ एकैसाथमा खत्तम भइगयो ।।
मर्ने संख्या नाघिहाल्यो दश हजार काटेर ।
लाश राख्नलाई ठाउं छैन जमिन फाटेर ।।
कत्ति सारो निष्ठुरी कत्ति छल गरेको ।
लाश जलाउन आर्यघाटमा पालो कुरेको ।।
कत्तिलाई त निकाले जमिनमुनी खनेर ।
कत्ति त्यसै मरे घरले पुरेर ।।
दुरनिनी जान नपाई सिन्दुर तिनको पुछियो ।
बच्ने आधार के हो तिन्को सबै लुटियो ।।
श्रीमान् र श्रीमतीको एकै चिहान भयो नि ।
घरमा भने बालबच्चा बेहाल परे नि ।।
लेखाजोखा केही छैन अंगभंग हुनेको ।
बस्नेलाई नि घर छैन तिनीहरुको ।।
खाउं भने अन्न छैन बसुं भने घर छैन ।
रुनलाई नि कत्ति रुने आंसु झर्दैन ।।
सम्झिंदा नि आउंछ यो मन भक्काने फाटेर ।
सहनुनै पर्ने रहिछ कर्मै सम्झेर ।।
मर्ने त मरि गए बांच्नेलाई त दिउं आधार
र, अब केहि सोच नेपाल सरकार…
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]