काठमाडौँ, २८ असार । वैदेशिक रोजगार व्यवसायी सङ्घले विरोध गर्दैमा वैदेशिक रोजगारमा जाने कामदारका लागि सात देशमा लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था नरोकिने भएको छ ।
वैदेशिक रोजगार पत्रकार समाजले सोमबार यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले नेपाली कामदारको सङ्ख्या बढी भएका साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमन र मलेसियामा लागू गरिएको सो व्यवस्था आगामी दिन अन्य मुलुकमा पनि विस्तार गर्दै लगिने जानकारी दिए ।
हाल ३७ लाख कामदार वैदेशिक रोजगारमा छन् । राज्यमन्त्री गुरुङले घर खेतसमेत बन्धकी राखेर कतिपय कामदार वैदेशिक रोजगारमा पुगेको, केहीले तोकेको काम नपाई दुःख पाएर फर्किनुपरेको र केहीले ऋण तिर्न नसकेर आत्महत्यासमेत गर्न पुगेको गुनासो आएकाले कामदारका हितका लागि सरकारले सो व्यवस्था गर्नुपरेको बताए ।
सो व्यवस्थाले सङ्घको व्यवसायमा असर नपुग्ने भएकाले आन्दोलनको कुनै तुक नभएको उल्लेख गर्दै उनले अब कामदार पैसा तिरेर होइन निःशुल्क प्रवेशाज्ञा र टिकट लिएर वैदेशिक रोजगारमा जाने उल्लेख गरे ।
गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष टिबी कार्कीले जुन मुलुकले वैदेशिक कामदार मगाउँछ सोही मुलुकले कामदारका लागि टिकट र प्रवेशाज्ञा उपलब्ध गराउने व्यवस्था गरेको बताउँदै नेपाली कामदारको इमान्दारी र बफादारितले नै वैदेशिक कम्पनीले नेपाली कामदारलाई बढी मन पराएका बताए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित