काठमाडौँ, २१ असार । सरकारले विभिन्न ९६ औषधिको खुद्रा मूल्य तोकी तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
औषधि बिक्री वितरणमा आफूखुसी मूल्य तोकिएको र उपभोत्ता मारमा पर्ने गरेको गुनासो बढिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को आजको बैठकले बढी प्रचलनमा रहेका १८ र अर्बुद रोग (क्यान्सर)लगायत दीर्घ रोगका लागि प्रयोगमा रहेका ७८ गरी ९६ औषधिको खुद्रा मूल्य तोकेको हो । सो मूल्यसूची हरेक औषधि पसलले राखेर बिक्री गर्नुपर्नेछ ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सो निर्णय तत्काल लागू हुने र कार्यान्वयनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको जानकारी दिए ।
बैठकले ललितपुर, सिन्धुपाल्चोक, कास्की र काठमाडौँका विभिन्न स्थानमा स्वर्गवासी राजा वीरेन्द्र, रानी ऐश्वर्यको र उनीहरुको परिवारका नाममा देहावसान हुँदाका बखत रहेका जग्गा नेपाल ट्रष्टका नाममा कायम गर्ने निर्णय गरेको छ । सोसम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक हुनेछ ।
यस्तै स्ट्यान्डर्ड चार्टर बैंकमा एचएम टेजरीको नाममा रहेका खाता पनि ट्रष्टमा नामसारी गरिने भएको छ । बैठकले ‘सार्वजनिक खरिद (पहिलो संशोधन) ऐन’ २०७२ विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठलाई तोकेको छ ।
यस्तै गरिब घर परिवारको प्रारम्भिक सूची सार्वजनिक गरी गुनासो सुनुवाइ गर्ने विषयमा २५ जिल्लाका १२ लाख ४० हजार ३५० घर परिवारमध्ये मापदण्ड र विधि पुगेका तीन लाख ५६ हजार ४१८ घर पहिचान गरिएको मन्त्री रिजालले जानकारी दिनुभयो । केही अपूर्ण विवरण प्राप्त भएकाले एक लाख ५० हजार ९५८ घर परिवारसहित कूल पाँच लाख ७ हजार ३७६ घरपरिवारको सूचीलाई अन्तिमरुप दिइ सार्वजनिक गरिने भएको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशलाई एकीकृत आवास निर्माण कार्य पूरा नभइसकेकाले घरभाडा बापत् प्रतिमासिक रु ४० हजार दिने निर्णय भएको छ ।
शिक्षा सेवा आयोगको रिक्त सदस्य पदमा शिक्षा मन्त्रालयका पूर्व सहसचिव ज्ञानी यादवलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण