लन्डन । नेपालीहरुको उल्लेख्य बसोवास छ बेलायतस्थित रसमोर बरो काउन्सिलमा । विशेष गरि भूपू गोर्खाहरुका लागि त यो दोश्रो घर मानिन्छ । यही काउन्सिलमा केही वर्ष अघि स्थानीयले नेपालीलाई हेर्ने दृष्टिकोण विल्कुल फरक थियो । तत्कालिन मन्त्रीले नै आफ्नो क्षेत्रमा नेपाली बढेर समस्या थपिएको गुनासो गरेका थिए त्यो पनि प्रधानमन्त्री डेभिड क्यामरुनसमक्ष । नेपाली र स्थानीय युवामाझ कुटाकुट उस्तै । तर, समय बदलिएको छ । अहिले नेपाली र ब्रिटिश समुदाय मिलेका छन्, सौहार्द वातावरण छ । यसपटक नेपालको भूकम्प पीडितलाई सहयाग गर्ने क्रममा त रसमोरले झन् ठूलो उदारता देखाएको छ ।
भूकम्प पीडितलाई रसमोर कम्युनिटीको स्वतस्फूर्त सहयोग देखेर दंग छन् ग्रेटर रसमोर नेपलिज कम्युनिटीका अध्यक्ष मेजर रि. टिकेन्द्रदल देवान । ‘रसमोरका अल्डरसट र फार्नबोरोबाट पाएको सहयोग देखेर हामी आश्चर्यचकित छौं’, देवान भन्छन्, ‘आर्थिक सहयोग र राहत सामाग्री थेग्न नसकिने गरि प्राप्त भयो ।’
नेपाली बसाईं सरेको शुरु शुरुताका रसमोरमा बेलायती नेपालीबीचको तनाव देखेर देवान आफैं चकित थिए । ‘तर, अहिले नेपालीलाई सहर्षका साथ स्वीकारिएको छ’, देवानको अनुभव छ ।
अध्यक्ष देवानले १०, १२ वटा रोटरी क्लवहरु एक साथ भएर अबको ६ महिनाभित्र अरु तीव्र ढंगले कोष अभिवृद्धि गर्नेबारे सल्लाह भएको समेत जनाए ।
यसपटक रसमोरवासी बेलायती नागरिक र विभिन्न संघसंस्थाले दिल खोलेर सहयोग गरेका छन् । रसमोर रोटरी क्लव आवद्ध रोटरियनहरुले विपत्ति लगत्तै अल्डरसोट,
फ्लीट, फार्नबोरो र क्याम्बर्लीबाट २२ हजार पाउण्ड चन्दा संकलन गरे । क्लवका इन्टरनेशनल एण्ड फाउण्डेशन चियरमेन पिटर मेल्ड्रमले विपतका बेला
रोटरीले जहिले पनि तत्काल मानवीय सहायता गर्ने गरेको उल्लेख गर्दै ब्ल्याकवाटर भ्यालीका रोटरियनहरुको नेपाली समुदायसंग प्रगाढ सम्वन्ध रहेको जनाएका छन् ।
यसअलवा रसमोरबाट अग्नी नियन्त्रकहरुको टोली नेपाल गइ उद्दारमा सहभागी भएर फर्किसकेको छ । स्थानीय टेस्को, ग्रेन्जर, अल्डरसोट टाउन एफसी लगायत अन्य कयौं समुदाय र व्यक्तिले समेत पीडितका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय