लण्डन । युकेस्थित नेपाली रेस्टुरेन्टहरुले नेपालका भुकम्प पीडितहरुलाई एक दिनको कमाइ सहयोग स्वरुप उपलब्ध गराउने भएका छन् ।
युकेका नेपाली रेष्टुरेन्ट व्यवसायीहरुको संगठन नेपलिज क्याटरिंग एसोसिएसन युकेले आफ्ना सदस्य रेस्टुरेन्टहरुलाई एक दिन च्यारिटी आयोजना गरी सोबाट आर्जन हुने कमाइ नेपालका भुकम्प पीडितलाई दिन आहृवान गरेको छ ।
नेपालमा भुकम्पका कारण हजारौँले ज्यान गुमाइसकेको, हजारौँ अंगभंग भएको र लाखौँ घरबारविहीन भएको उल्लेख गर्दै एसोसिएसनले युकेजस्तो संभ्रान्त र विकसित देशबाट गरिएको सानो सहयोग पनि देशका लागि ठूलो हुने निस्कर्ष निकालेको छ ।
एसोसिएसनका अध्यक्ष विजय थापाका अनुसार अहिलेसम्म करिब एक दर्जन रेस्टुरेन्टले च्यारिटी कार्यक्रमको आयोजना गरिसकेका छन् । ती कार्यक्रमहरुमा प्रति रेस्टुरेन्ट करिब ५ हजार पाउण्ड संकलन भएको बताइएको छ ।
अध्यक्ष थापाको मुनाल तन्दुरी रेष्टुरेन्टले आयोजना गरेको च्यारिटीमा करिब ५ हजार पाउण्ड संकलन भएको जानकारी उनले दिए भने महासचिव किशोर सापकोटाको गोरखा प्यालेस फोल्क्स्टोनमा करिब ६ हजार पाउण्ड संकलन भएको छ ।
अहिलेसम्म मुनाल तन्दुरी, मोन्टिज इलिंग, गोरखा प्यालेस फोल्क्सटोन, गोरखा प्यालेस फार्नब्रो आदिले च्यारिटी कार्यक्रम आयोजना गरिसकेका छन् भने थुप्रै रेस्टुरेन्टहरु च्यारिटी कार्यक्रम आयोजना गर्दैछन् ।
अध्यक्ष थापाका अनुसार रेस्टुरेन्टहरुलाई च्यारिटी आयोजना गर्ने बारेमा सरसल्लाह र अनुभव आदानप्रदान गर्न एसोसिएसनले एक टोली बनाएको छ ।
पूर्व अध्यक्ष ध्रुव केसी, अध्यक्ष विजय थापा, उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, महासचिव किशोर सापकोटा, सचिव ओजेश डंगोल र कोषाध्यक्ष दौलत राई सो टोलीमा रहेका छन् ।
रेस्टुरेन्ट व्यवसाय युकेमा नेपालीहरुको मुख्य व्यवसाय हो । एसोसिएसनका अनुसार करिब ३०० नेपाली रेस्टुरेन्ट युकेमा रहेका छन् । तीमध्ये एक तिहाइले मात्र एक दिनको कमाइ भुकम्प पीडितलाई दिने हो भने ५० करोडभन्दा बढी नेपाली रुपियाँ उठ्न सक्छ ।
“सबै नेपाली रेस्टुरेन्ट सञ्चालकहरुले एक दिनको कमाइ नेपालका भुकम्प पीडितको सहयोगार्थ दिने हो भने धेरै ठूलो सहयोग हुनसक्ने हामीले देखेका छौँ” अध्यक्ष थापाले भने ।
रेस्टुरेन्ट सञ्चालकहरुका अनुसार अन्तर्राष्ट्रिय मिडियाहरुले व्यापक मात्रमा प्रचारप्रसार गरिदिइसकेकाले ग्राहकहरुलाई च्यारिटीका बारेमा धेरै भनिरहनु नपर्ने र कतिपय ग्राहकहरुले च्यारिटी गर्नका लागि पहिल्यै सुझाव समेत दिएको उनले बताए ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी