लण्डन । युकेस्थित नेपाली रेस्टुरेन्टहरुले नेपालका भुकम्प पीडितहरुलाई एक दिनको कमाइ सहयोग स्वरुप उपलब्ध गराउने भएका छन् ।
युकेका नेपाली रेष्टुरेन्ट व्यवसायीहरुको संगठन नेपलिज क्याटरिंग एसोसिएसन युकेले आफ्ना सदस्य रेस्टुरेन्टहरुलाई एक दिन च्यारिटी आयोजना गरी सोबाट आर्जन हुने कमाइ नेपालका भुकम्प पीडितलाई दिन आहृवान गरेको छ ।
नेपालमा भुकम्पका कारण हजारौँले ज्यान गुमाइसकेको, हजारौँ अंगभंग भएको र लाखौँ घरबारविहीन भएको उल्लेख गर्दै एसोसिएसनले युकेजस्तो संभ्रान्त र विकसित देशबाट गरिएको सानो सहयोग पनि देशका लागि ठूलो हुने निस्कर्ष निकालेको छ ।
एसोसिएसनका अध्यक्ष विजय थापाका अनुसार अहिलेसम्म करिब एक दर्जन रेस्टुरेन्टले च्यारिटी कार्यक्रमको आयोजना गरिसकेका छन् । ती कार्यक्रमहरुमा प्रति रेस्टुरेन्ट करिब ५ हजार पाउण्ड संकलन भएको बताइएको छ ।
अध्यक्ष थापाको मुनाल तन्दुरी रेष्टुरेन्टले आयोजना गरेको च्यारिटीमा करिब ५ हजार पाउण्ड संकलन भएको जानकारी उनले दिए भने महासचिव किशोर सापकोटाको गोरखा प्यालेस फोल्क्स्टोनमा करिब ६ हजार पाउण्ड संकलन भएको छ ।
अहिलेसम्म मुनाल तन्दुरी, मोन्टिज इलिंग, गोरखा प्यालेस फोल्क्सटोन, गोरखा प्यालेस फार्नब्रो आदिले च्यारिटी कार्यक्रम आयोजना गरिसकेका छन् भने थुप्रै रेस्टुरेन्टहरु च्यारिटी कार्यक्रम आयोजना गर्दैछन् ।
अध्यक्ष थापाका अनुसार रेस्टुरेन्टहरुलाई च्यारिटी आयोजना गर्ने बारेमा सरसल्लाह र अनुभव आदानप्रदान गर्न एसोसिएसनले एक टोली बनाएको छ ।
पूर्व अध्यक्ष ध्रुव केसी, अध्यक्ष विजय थापा, उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, महासचिव किशोर सापकोटा, सचिव ओजेश डंगोल र कोषाध्यक्ष दौलत राई सो टोलीमा रहेका छन् ।
रेस्टुरेन्ट व्यवसाय युकेमा नेपालीहरुको मुख्य व्यवसाय हो । एसोसिएसनका अनुसार करिब ३०० नेपाली रेस्टुरेन्ट युकेमा रहेका छन् । तीमध्ये एक तिहाइले मात्र एक दिनको कमाइ भुकम्प पीडितलाई दिने हो भने ५० करोडभन्दा बढी नेपाली रुपियाँ उठ्न सक्छ ।
“सबै नेपाली रेस्टुरेन्ट सञ्चालकहरुले एक दिनको कमाइ नेपालका भुकम्प पीडितको सहयोगार्थ दिने हो भने धेरै ठूलो सहयोग हुनसक्ने हामीले देखेका छौँ” अध्यक्ष थापाले भने ।
रेस्टुरेन्ट सञ्चालकहरुका अनुसार अन्तर्राष्ट्रिय मिडियाहरुले व्यापक मात्रमा प्रचारप्रसार गरिदिइसकेकाले ग्राहकहरुलाई च्यारिटीका बारेमा धेरै भनिरहनु नपर्ने र कतिपय ग्राहकहरुले च्यारिटी गर्नका लागि पहिल्यै सुझाव समेत दिएको उनले बताए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त