काठमाडौं। संसदीय सुनुवाइ विशेष समितिले संवैधानिक परिषदबाट लोकसेवा आयोगमा सिफारिस भएका पदाधिकारीलाई अनुमोदन गरेको छ। समितिको आइतबार बसेको बैठकले ६ पदाधिकारीलाई सर्वसम्मत अनुमोदन गरेको छ।
बैठकले संसदीय सुनवाइपछि अध्यक्षका लागि सिफारिस भएका उमेशप्रसाद मैनाली, सदस्य पदमा सिफारिस भएकाहरू बृन्दा हाडा, गोविन्द कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा र ब्रह्मदेव रायलाई सर्वसम्मत अनुमोदन गरेको हो। कृष्णचन्द्र झाका सम्बन्धमा भने सर्वसम्मत हुन सकेन । विपक्षमा रहेका केही सांसदले झाको विरोधमा मत जाहेर गरेका थिए ।
एकीकृत नेकपा माओवादीले सत्तापक्षकै सभासदहरू समेत कृष्णचन्द्र झा लोकसेवा आयोगको सदस्य हुन सक्षम नरहेको भन्दै विरोध गरेपछि आफू निर्णयको विपक्षमा उभिएको प्रतिक्रिया दिएको छ। परिषदको फागुन १४ गते भएको बैठकले आयोगको पदाधिकारीका सिफारिस गरेको थियो।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?