लोकसेवा पदाधिकारी अनुमोदन

काठमाडौं। संसदीय सुनुवाइ विशेष समितिले संवैधानिक परिषदबाट लोकसेवा आयोगमा सिफारिस भएका पदाधिकारीलाई अनुमोदन गरेको छ। समितिको आइतबार बसेको बैठकले ६ पदाधिकारीलाई सर्वसम्मत अनुमोदन गरेको छ।

उमेशप्रसाद मैनाली

उमेशप्रसाद मैनाली

बैठकले संसदीय सुनवाइपछि अध्यक्षका लागि सिफारिस भएका उमेशप्रसाद मैनाली, सदस्य पदमा सिफारिस भएकाहरू बृन्दा हाडा, गोविन्द कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा र ब्रह्मदेव रायलाई सर्वसम्मत अनुमोदन गरेको हो। कृष्णचन्द्र झाका सम्बन्धमा भने सर्वसम्मत हुन सकेन । विपक्षमा रहेका केही सांसदले झाको विरोधमा मत जाहेर गरेका थिए ।

एकीकृत नेकपा माओवादीले सत्तापक्षकै सभासदहरू समेत कृष्णचन्द्र झा लोकसेवा आयोगको सदस्य हुन सक्षम नरहेको भन्दै विरोध गरेपछि आफू निर्णयको विपक्षमा उभिएको प्रतिक्रिया दिएको छ। परिषदको फागुन १४ गते भएको बैठकले आयोगको पदाधिकारीका सिफारिस गरेको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री