काठमाडौं। नयाँ संविधानका अन्तर्वस्तुका विवादित विषयमा प्रश्न तयार पार्न संविधानसभाद्वारा गठित प्रस्ताव निर्माण समितिले सात शीर्षकमा प्रश्न तयार पार्ने तयारी गरेको छ। समितिले प्रस्तावना, मौलिक हक, संवैधानिक निकाय, न्याय प्रणाली, शासकीय स्वरुप, व्यवस्थापिका स्वरुप र राज्य पुनःसंरचना शीर्षकअन्तर्गत विवादित विषयका प्रश्न तयार गर्नेछ ।
सोमबार समितिको बैठकले नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलको संयोजकत्वमा ९ सदस्यीय प्रश्न निर्माण उपसमिति गठन गरी तयारी अघि बढाएको हो ।
उपसमिति संयोजक खरेलले निक्र्योल समितिले सहमति नभएको भनी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाएका विषय र संवाद समितिमा विभिन्न राजनीतिक दलबाट आएका अवधारणा समेटेर प्रश्न तयार पारिने जानकारी दिए । सभासदले स्पष्टसँग बुझ्ने गरी प्रश्न तयार पार्ने उनले जनाए।
९ सदस्यीय उपसमितिमा नेकपा मालेका सिपी मैनाली, नेपाली कांग्रेसका रमेश लेखक, राधेश्याम अधिकारी र उषा गुरुङ, नेकपा एमालेका श्रीमाया थकाली, कृष्णभक्त पोखरेल, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सभासद मोहम्मद कमाल मुसलमान छन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा