प्रधानमन्त्रीको कार्यालयले मौजुदा मन्त्रिपरिषदमा कुनै फेरबदल नभएको जनाएको छ । प्रधानमन्त्री स्वकीय सचिवालयको तर्फबाट जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषदको फेरबदलको समाचारलाई निराधार भन्दै खण्डन गरेको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले केही सञ्चार माध्यमहरुले मन्त्रिपरिषदमा फेरबदल भन्दै प्रकासित गरिएको समाचारले प्रधानमन्त्रीको कार्यालयको ध्यानाकर्षण भएको जनाएका छन् । ‘मन्त्रिपरिषदमा कुनै फेरबदल भएको छैन । सञ्चारकर्मी मित्रहरुमा निराधार, अपुष्ट र प्रमाण बिनाका समाचारले भ्रममात्र सिर्जना गर्ने यथार्थप्रति ध्यान दिन अनुरोध छ,’ विज्ञप्तिमा भएको छ ।
प्रधानमन्त्री सुशील कोइराला दुई साता लामो विदेश भ्रमणमा निस्कनुअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने र समाचार विभिन्न सञ्चार माध्यमले प्रशारण गरेको थिए । कोइरालाले सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, शिक्षा मन्त्री चित्रलेखा यादव र शहरी विकास मन्त्री नारायण खड्काको विदा दिएर नयाँ व्यक्ति ल्याउन लागेको समाचार सार्वजनिक भएका थिए ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण