लन्डन । नेपाली कलाकारले नेपाली गीत गाउनु बजाउनु नौलो भएन । नेपालीले कन्सर्टतिर विदेशी गीत पनि गाएकै छन् । तर, शनिवार सांझ मध्य लन्डनको लिभर पुल स्ट्रिटस्थित एउटा ऐतिहासिक गिर्जाघरमा पृथक सांगीतिक कार्यक्रम भयो । सिमित दर्शकमाझ नेपाली कलाकारले सदावहार नेपाली गीत अनि विदेशी संगीतकर्मीहरुले ति गीतमा सुमधुर संगीत भरेर अढाई घण्टा बेग्लै सांगीतिक स्वाद पस्किए ।
‘क्रस कल्चरल ग्लोवल म्यूजिक’ नामक सांगीतिक समूहले उक्त कार्यक्रम गरेको हो । समूहका संस्थापक गायक, गितारिष्ट एवं कम्पोजर गंगा थापा शारिरीक रुपमा अपांग छन् तर उनको प्रस्तुतिमा कसैले खोट देखेनन् । उदयीमान गायिका दिव्यानी शर्माको साथमा थापाले कहिले दर्शकलाई रोधीघर र भञ्ज्याङ चौतारी पुर्याए त कहिले तामाङ सेलो अनि सोरठी गाएर मातृभूमि स्मरण गराए । अरुणा लामाको ‘ए कान्छा’…होस् वा ‘घिन्ताङ घिन्ताङ’… सदावहार गीत निरन्तर गाउंदा दर्शक थामिनै सकेनन् । युनिभर्सिटी अफ लन्डन, सोआसबाट इथ्नो म्यूजिकोलोजीमा ग्रयाजुएट थापा गाउंदै गर्दा क्रस कल्चर म्यूजिकले संस्कृति आदानप्रदान र विश्वस्तरमा नेपाली पहिचान झल्कने पनि बताइरहेका थिए ।
६ एकल एल्बम ल्याइसकेकी लन्डनवासी गायिका सितु खरेलले वैरागी भैरव रागमा आधारित शास्त्रीय गीत ‘धेरै भुल मैले गरें थोरै’… पस्कंदा दर्शकको ‘वान्स मोर’ मागले दोहोर्याएर गाउनु पर्यो । भूपू ब्रिटिश लाहुरे गणेश पुनले शुरुतिर सिकारुको चिनारी दिएपनि दुई गीत गाइसकेपछि भने तारिफ गर्नेको कमी भएन ।
अफ्रिकी मुलका ड्रमर सेइमी डि, लन्डनका व्यस्त स्याक्सोफोन वादक जोन मार्टिन अनि नर्थ वेल्स्वासी रोविइन हेमिइङ्स (डवल वास) का साथ तवला एवं मादल वादक सनुज थापाले करिब डेढ दर्जन नेपाली गीतमा जोडदार संगीत प्रस्तुत गरे । ‘संगीतलाई भूगोल र भाषाले नछेक्ने रहेछ’, स्थानीय गायक विवेक श्रेष्ठ तारिफ गर्दै थिए, ‘धेरै तडकभडक विना पनि पृथक सांगीतिक रसस्वादनले रमाइलो भयो ।’ त्यसो त यस्ता कार्यक्रम बेला बेला भइरहे नेपाली संगीतको प्रवद्र्धनमा सहयोग पुग्ने ठान्छन् सञ्चारकर्मी सुमन खरेल ।
रेडियोकर्मी आशा पुनले कार्यक्रम सञ्चालनको प्रारम्भमै नेपाली संगीतलाई विश्व रंगमञ्चमा पुर्याउनु र नेपाली गीत संगीत प्रवद्र्धन गर्नु कार्यक्रमको उद्देश्य सुनाएकी थिइन् । यसबाहेक सामुदायिक हितका लागि अग्रसर लन्डनस्थित नेपाली संस्था ‘स्किल एण्ड केयर’ को सहयोगार्थ पनि कार्यक्रम गरिएको रहेछ । कार्यक्रममा ‘स्किल एण्ड केयर’ का फत्त थापाले बेलायतमा जन्मिएका नेपाली वालवालिकालाई स्वदेशसंग साक्षात्कार गराइरहने तथा वृद्धवृद्धाहरुको हितका लागि आफ्नो संस्था क्रियाशिल रहेको जनाए ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा