लन्डन । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) लगायत कलाकार सम्मिलित मह यात्रामा सहभागी लोकगायक बद्री पंगेनीलाई आयोजकले हेपेका छन् ।
बेलायतमा आयोजित मह यात्रामा गायिका अन्जु पन्तको भिसा नलागेपछि उनको ‘रिप्लेस्मेन्ट’ मा बोलाइएका गायक पंगेनीलाई आयोजकले धन्यवाद समेत नभनेका हुन् ।
महयात्रा सम्पन्न भएपछि कार्यक्रम संयोजक कुल आचार्यले एक विज्ञप्ति प्रकाशित गर्दै मह यात्रामा संलग्न मह जोडी, नरेन्द्र कंसाकार, मोहित आचार्य, मिडिया, प्रायोजक र अन्य सबै सहयोगीलाई कृतज्ञता व्यक्त गरे तर धेरै दर्शक बटुल्ने गायक पंगेनीको भने एक शब्द पनि उच्चारण गरेनन् । संयोजक आचार्यले आफ्नो फेसबुकमा उक्त प्रेस विज्ञप्ति अपडेट गरेपछि गायक पंगेनीले कमेन्ट्स गर्दै ‘दाइ उक्त कार्यक्रममा तपाईंले भुलेपनि एउटा सानो गायक बद्री पंगेनी पनि थियो है’ भनेका छन् । बरु, पंगेनीले उल्टै आयोजकलाई धन्यवाद दिएका छन् । आचार्यले भने पंगेनीको जवाफ दिएका छैनन् ।
गायक पंगेनीले वी नेपाली डट कमसँग कुरा गर्दै आयोजकले वास्ता नगरेकामा दुःख लागेको बताए । आयोजकहरुले भुलेपनि मह यात्रामा सहभागी भएर दर्शकको माया बटुल्न सकेकोमा खुशी नै थिए पंगेनी । अल्डरसट, ह्यारो, उलीच र फोकस्टोनमा आयोजित महयात्रामा पंगेनीको लोक गायनलाई धेरैले रुचाए । उनका अझै लन्डन, स्कटल्याण्ड लगायत ठाउँमा आधा दर्जन बढी कन्सर्ट हुँदैछन् ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय