शनिबार, मंसिर १८ २०७८ | Sat, December 04, 2021
नेपालको समय: १३:०२ | UK Time: 07:17

इटालीमा पनि भेटियो ओमिक्रोन भेरिएन्ट

रोम । इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट को पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको सरकारी समाचार संस्था (आन्सा)ले आइतबार समाचार सम्प्रेषण गरेको छ । सङ्क्रमित व्यक्ति ‘केही दिन पहिले’ मोजाम्बिकबाट...

पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प

लिमा । पेरुको उत्तरी भेगमा स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महशुस गरिएको...

इजरायलद्वारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध

जेरुसेलम । हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ ।प्राप्त समाचारहरुमा इजरायलले हाल कुनै थप प्रतिबन्धहरुको घोषणा गरेको त छैन तर हालका लागि अफ्रिकी देशहरुको...

अष्ट्रेलियामा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट 

सिड्नी । अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक...

अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका...

कोरोना संक्रमण बढेपछि न्युयोर्कमा संकटकाल

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको...

भारत जाँदै रूसी राष्ट्रपति पुटिन

नयाँ दिल्ली । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बरमा भारत आउनुहुने भएको छ । भारत— रूस बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ डिसेम्बर ६ तारिखमा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । उक्त...

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीद्वारा १२ घन्टामै राजीनामा 

स्टकहोम । स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् । तर, केही घन्टाका लागि भए...

अमेरिका-तालिवान दोस्रो वार्ता अर्को साता दोहामा

काबुल । आगामी साता दोहामा संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबीच वार्ता हुँदैछ । सो वार्ताले अमेरिकासँगको राजनैतिक सम्बन्धमा ‘नयाँ अध्याय’ खोल्ने उक्त समूहले बुधबार जानकारी गराएको छ । अक्टोबर ९–१० मा कतारको...

स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री 

स्टकहोम । स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । स्विडेनको संसदले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उहाँ स्विडेनको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो । निवर्तमान अर्थमन्त्री समेत रहनु भएकी माग्डालेना...

 बस दुर्घटनामा ४६ को मृत्युपछि उत्तरी मेसेडोनियामा तीन दिने शोक

स्कोपजे । उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ ।सो बम दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार...

लिबियामा राष्ट्रपतिका लागि करिब एक सयले दिए उम्मेदवारी

त्रिपोली । लिबियाको निर्वाचन आयोगले मङ्गलबार दुई महिलासहित ९८ जना उम्मेदवारले डिसेम्बरमा तय भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने गरी उम्मेदवारी दर्ता गराएकोे छ । निर्वाचन आयोगका प्रमुख इमाद अल सायेहले त्रिपोलीमा भएको पत्रकार सम्मेलनमा...
फेसबुक