
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेट गरेको छ l
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा विशेषगरी दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग अझ मजबुत रूपमा जोड्ने उपाय, तथा विदेशमा अध्ययन र पेशागत अनुभव हासिल गरेका प्राविधिक जनशक्तिलाई देश विकासमा उपयोग गर्ने विषयमा विस्तृत छलफल भएको हो।
भेटमा अध्यक्ष डा. शर्माले विदेशमा रहेका नेपाली युवासँग पर्याप्त ज्ञान, सीप र नवीन प्रविधि रहेको उल्लेख गर्दै ती क्षमतालाई नेपालभित्र उपयोग गर्न नीतिगत तथा संस्थागत सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो । उहाँले ज्ञान रूपान्तरण (knowledge transfer) का माध्यमबाट देशको विकास प्रक्रियालाई गति दिन सकिने बताउनुभयो।
त्यसैगरी, मन्त्री पोखरेलले विदेशमा रहेका नेपाली युवाको क्षमता, अनुभव र प्रविधिलाई नेपालसँग जोड्ने सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै यस दिशामा आवश्यक सहकार्य र कार्यक्रमहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता