नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते

काठमाडौँ । नेपालको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा शुक्रबार दिउँसो करिब २:१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री