
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम आयोजना गर्दैछ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँगको सहकार्यमा प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै भर्चुअल मानसिक स्वास्थ्य सचेतना तथा परामर्श सत्र आयोजना गरिन लागेको उपाध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । आयोजकका अनुसार उक्त कार्यक्रम साँझ ५ देखि ८ बजेसम्म (नेपाली समयअनुसार) जुम मार्फत सञ्चालन हुनेछ ।
कार्यक्रमको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परामर्श सेवा प्रदान गर्नु रहेको एनआरएनएले जनाएको छ ।
सत्रमा मानसिक स्वास्थ्यका विविध पक्षहरूबारे जानकारी दिइनुका साथै सहभागीहरूलाई प्रत्यक्ष परामर्शको अवसर समेत प्रदान गरिने जनाइएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले जुममार्फत https://zoom.us/j/93825703762..: Meeting ID: 938 2570 3762 र Passcode: 2026 प्रयोग गरी सहभागी हुन सक्नेछन्।
आयोजकले सम्पूर्ण सरोकारवालाहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे