
लन्डन । नेपाली साइक्लिङ क्लब यूकेले आयोजना गरेको ‘लन्डन टु पेरिस’ साइकलयात्रामा बेलायतवासी १७ नेपाली सहभागी भएका छन् ।
नेपालमा रहेका अनाथ तथा विपन्न बालिकाहरुका लागि सहयोग जुटाउने उद्देश्यले ५ जुनदेखि साइकल यात्रा सुरु गरिएको हो । च्यारिटी साइकलयात्रा अभियानमार्फत ६ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखिएको क्लबले जनाएको छ । संकलित रकम हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृह ‘चिल्ड्रेन्स सेल्टर’लाई सहयोग गरिनेछ।
यात्रामा जलेन्द्र ताम्राकार, सुलभ पन्त, शिव सैंजु, ह्यारी गुरुङ, कौस्तुभ पौड्याल, समीर प्याकुरेल, आमोद प्रधान, हरिहर उपाध्याय, नारायण अधिकारी, अनमोल राणा, सुधीर बजिमाया, लक्ष्मण गुरुङ, निक टी, प्रगति ओझा, प्रसिद्ध प्रधान र सुधिर श्रेष्ठ सहभागी हुनुहुन्छ । उहाँहरुले तीन दिनमा करिब ३५० किलोमिटर दूरी पूरा गर्नुहुनेछ ।

बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्लीमा
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय