
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ ।
भेटघाटमा विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार, राहत तथा समन्वयका विषयमा विस्तृत छलफल भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन ले संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन एनआरएनएभित्र समर्पित संयन्त्र निर्माण गरिने जानकारी दिनुभयो। उहाँले संकटका बेला छिटो आपतकालीन उद्धार कार्य र सहयोग पुर्याउन संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, संघका अध्यक्ष भुवन गुरुङ ले मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि दुवै संस्थाबीच समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो।
छलफलका क्रममा दुवै पक्षले विदेशमा संकटमा परेका नेपालीहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्दै संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित साझा मुद्दामा सहकार्य गर्दै प्रभावकारी समाधान खोज्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
भेटका क्रममा वैदेशिक रोजगार व्यवसायी संघले एनआरएनएका नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो।
भेटमा उपाध्यक्षहरू डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई, चिन्तामणि सापकोटा, महासचिव चिरन्जीवी खड्का, सह-कोषाध्यक्ष गंगा खतिवडा,महिला संयोजक रश्मी थापा, महिला क्षेत्रीय संयोजक राधा सिग्देल ‘किरण’, यूरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, सचिव दीपेश खत्री, एनसीसी दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्य, एनसीसी साउदीका अध्यक्ष उमेश भट्टराई, कार्यकारी प्रमुख राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको थियो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव